जन आकाश
विनोद कार्की ।
काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रका एक चम्किला तारा भनेर चिनिने गायक तथा एरेन्जर पूर्ण सम्योग गीत सङ्गीत क्षेत्रका एक उदाहरणीय व्यक्ति हुन् । उनले गरेका हरेक सिर्जना चर्चामा आउने गर्दछन् । विगत लामो समयदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा लागेका पूर्ण सम्योगका झन्डै पाँच दर्जनभन्दा बढी गीत बजारमा सार्वजनिक भकाएका छन् भने तीन हजार हाराहारीमा नेपाली मौलिकता झल्किने गीत एरेन्जर गरिसकेका छन् । कति गीत चर्चाको शिखरमा पुग्न सफल भएका छन् । भने कति गीतले इतिहास रचेका छन् ।
दाङमा जन्मेका गायक तथा एरेन्जर पूर्ण सम्योगको लामो समयदेखि गीत सङ्गीत क्षेत्रको छुट्टै सङ्घर्ष रहेको छ । उनले गरेका गीत सङ्गीतका सङ्घर्ष हेर्ने हो भन्ने सबै जना दङ्ग पर्ने गर्छन् । उनै लोकप्रिय गायकसँग जन आकाश मिडियाका संवाददाता विनोद कार्कीले गरेको कुराकानीलाई हामीले यसरी प्रस्तुत गरेका छौँ ।
तपाईँको गीत सङ्गीतको यात्रा कसरी सुरु भयो ?
मेरो गीत सङ्गीतको यात्रा लामो छ । म लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा छु म पेसाले पहिला टिचिङ गर्थे तर एक्कासी गीत सङ्गीत क्षेत्रमा रुचि जाग्यो टिचिङ पेसा त्यागेर गीत सङ्गीत क्षेत्रको यात्रा सुरु गरे मेरो गीत सङ्गीतको यात्रा लामो र दुखदायी छ । गीत सङ्गीतमा लागेर आफ्नो रोजीरोटी चलाउन अनि यारेन्जर भएर काम पाउन एकदमै गारो भयो । बिस्तारै मैले आफूलाई गायक भन्दा नि एरेज्जरको रूपमा स्थापित गराए ।
गीत सङ्गीतको भविष्य के छ जस्तो लाग्छ तपाईँलाई ?
गीत सङ्गीतको भविष्य खासै भन्न सक्ने स्थिति छैन । मेहनत ग¥यो भने छ । “तर मेहनत गरेकै मान्छे पनि गीत सङ्गीत क्षेत्रमा पछि परेका धेरै उदाहरण छन् ।” कलाकारिता क्षेत्रमा हेर्ने हो भने कहिले गाडी चढेर,रङ्गिन सपनाको सहरमा दौडिएका छन् कोहिलाई हेर्ने हो भने, बिहान बेलुका छाक टार्न सक्ने स्थिति छैन त्यसैले यो क्षेत्रको भविष्य यकिन यस्तो छ भन्न सक्ने स्थिति छैन ।
तपाईँलाई एरेन्जर भनेर चिन्छन् की गायक भनेर चिन्छन् दर्शकले ?
दर्शकले गायक सर्जकको रूपमा चिन्छन् । गायक,गायिका कलाकारहरूले चाहिँ मलाई एरेन्जरको रूपमा चिन्नुहुन्छ । अब कोहीले गायकको रूपमा चिन्नुहुन्छ । कहिले एरेन्जरको रूपमा चिन्नुहुन्छ । जसरी चिने पनि म गीत सङ्गीत क्षेत्रको व्यक्ति हो भनेर आफूलाई चिनाउछु ।
तपाईँको साङ्गीतिक बजारमा कति गीत छन्, कति जतिमा एरेन्ज गर्नुभएको छ ?
मेरो साङ्गीतिक बजारमा पचास ओटा भन्दा बढी गीतमा आवाज दिइसकेको छु । त्यसमा सबै प्रकारका गीतहरू छन् लोक गीत, आधुनिक गीत,पप गीत समग्र सबै प्रकारका गीतमा आवाज दिएको छु । मैले एरेन्ज गरेका गीत चाही झन्डै तिन हजार हाराहारीमा पुग्न लागिसकेका छन् ।
तीज गीतको एरेन्जमा कतिको व्यस्त हुनुहुन्छ ?
एकदमै व्यस्त छु तिज गीतको काममा अब नेपाली नारीहरूको महान् पर्व तिज नजिकिएसँगै तिज गीतको एरेन्जमा निकै नै व्यस्त छु कामहरू आइ रहेका हुन्छन् ् टाइममा काम सकिदिएन् भने सबै जना रिसाउन खोज्छन् त्यसैले सबैको चित्त बुझाउनुपर्छ ।
जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रम कतिको हेर्ने गर्नुहुन्छ ?
जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रम एकदमै हेर्ने गर्छु मलाई एकदमै मन पर्छ । यो कार्यक्रममा नव प्रतिभा मात्रा नभएर गीत सङ्गीत क्षेत्रमा योगदान पु¥याएका पुराना कलाकारहरुको पनि आगमन हुन्छ । बिशेष गरी नव प्रतिभाहरुको लागि सङ्गीत खबर कार्यक्रम प्रस्तुति देखाउने,मनको कुरा पोख्ने चौतारिको साझ थलो बन्दै गएको छ । भन्दै गायक तथा चर्चित एरेन्जर पूर्ण सम्योग जन आकाश मिडियासँग बताउँछन् ।
पुरा भिडियो तला लिङक दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend