logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गाडी दुर्घटनामा परेका यानम सुन्दासको वास्तविक यस्तो ?


  • जन आकाश
  • मंगलबार, साउन ८ २०८१

विनोद कार्की ।
काठमाडौं । सानैदेखि गीत सङ्गीतमा रुचि भएका,गाडी दुर्घटनामा परी जीवन मृत्युको मुखबाट बाचेका यानम सुन्दास यति बेला सपनाको सहर काठमाडौं राजधानीमा भौतारिरहेका छन् । अशक्त जीवन, काँधमा ठुलो जिम्मेवारी मन भरी पीडा बोकेर सकी नसकी रोधी घरमा बाच्नको लागि थोरै रकममा काम गर्दै छन् । उनै नव गायक आफ्नो मनको कुरा पोख्नका लागि जन आकाश मिडिया सम्म आइपुगेका छन् उनै नव गायकसँग गरेको कुराकानीलाई हामीले यस अंकमा यसरी प्रस्तुत गरेका छौँ  ।



गीत सङ्गीतलाई रोज्नुको कारण के –हो ?
गीत सङ्गीतलाई रोज्नुको कारण सानैदेखि सपना थियो गायक भएर यानम सुन्दास नामले सबैलाई चिनाउँछु भन्ने । तर मैले गीत सङ्गीतलाई निरन्तरता दिन सकिन समय,परिस्थितिले गर्दा । यस्तो रहर थियो कुनै बेला म पुष्कल शर्मा,राजु परियारका गीत नसुनी बस्नै सक्दिन थिए,उहाँहरूको गीत धेरै सुन्ने र गुनगुनाउने गर्थे, एकानतामा बसेर गीत सङ्गीतका मिठा मिठा सपना देख्ने गर्थे । अझै पनि गीत सङ्गीतका अधुरा सपना पुरा गर्ने धोको छ । गाडी दुर्घटना भएर म अपाङ्ग भएपछि मेरो जीवनमा गीत सङ्गीत यस्तो बन्दियो रहर भन्दा पनी बाध्यता अरू काम गरूँ अशक्त शरीरले दैनिकी,जीवनमा केही गर्ने आस भनेकै गीत सङ्गीत बन्यो । अहिले जेनतेन दोहोरीमा गाएर आफ्नो जीवन पालि रहेको छु त्यसैले मेरो जीवनमा गीत सङ्गीत रहर भन्दा बाध्यता बन्दै छ अब जीवनको अन्तिम उपाय नै गीत सङ्गीत हो ।

गाडी दुर्घटनामा कसरी पर्नु भयो ?
म लामो समयदेखि गाडी चलाउँथे एकासी गाडी दुर्घटना हुन पुग्यो । एक जना मसँर्गै बस्ने स–ह चालकको मृत्यु भयो म चाही बाच्न सफल भए । तर बेहोस भएर अचेत अवस्थामा पुगेछु “मलाई हस्पिटलमा लगेका रहेछन् लामो समयपछि मेरो होस खुल्यो । होस खुल्दा हात खुट्टा जिउ केही नचल्ने भएको रहेछ । लामो समय उपचार गर्दा निको नभएपछि डाक्टरले हात खट्टा केही चल्दैन पछि गएर प्यालाइस हुन्छ भनेर हस्पिटलबाट घर फर्काइदियो । म दुई महिनासम्म ओछ्यानमै थला परेर बसी खाना, खुवाउन, चर्पी जान अरूको साहायताले चल्ने गरे । त्यसपछि गाउँमै आयुर्वेद औषधी गरेर सामान्य हिँड डुल गर्न सक्ने भए । अहिले दोहोरीमा काम गर्दैछु ।”लामो समय उभिन्न हुदैन् त्यसैले एउटा दुइटा गीत गाएर म बजाउन पटी लाग्छु । मेरो जीवनको छुट्टै काहा नि छ सुनाएर सकिदैन् ।

जीवन भनेको के हो जस्तो लाग्छ ? 
जीवन भनेको कर्कलाको पानी जस्तै हो कुन बेला के हुन्छ थाहा नै हुँदैन मेरो जीवन पनि कर्कलाको पानी जस्तै भयो । जीवनमा केके गरौला भनेर सोचेको थिए अशक्त जीवन बाच्नु प¥यो । भागमा जे लेख्यो त्यही भोग्नु पर्ने रहेछ ।

के भन्न चाहनुहुन्छ जन आकाश मिडियाबाट ?
विशेष धन्यवाद दिन चाहन्छु जन आकाश मिडियालाई मेरो मनका कुरा राख्ने मौका दिनुभएकोमा । म हेरी राख्थे हजुरहरूको कार्यक्रम एकदमै मन प¥थ्यो । म यो कार्यक्रमबाट सबैले “मलाई धेरै माया गर्दिनु होला मैले गरेका कामलाई मन पराइदिनु होला । हजुरहरूको साथ सपोट मिल्यो भने म अगाडि बढ्न सक्छु भन्न चाहन्छु । ”

पुरा भिडियो तल लिङ्क दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend