जन आकाश
काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत “ए हावा” सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राईको संगीत अनि देवेश राइको एरेन्ज रहेको छ ।-
प्रेमिल भावको गीत “ए हावा” को म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु गीता ढुंगाना र सागर खनालको अभिनय रहेको छ पछिल्लो समयका ब्यस्त निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend