logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्राकृतिक विपत्तिको सवै मिलेर सावधान गरौ 


  • जन आकाश
  • बुधबार, साउन ९ २०८१

प्राकृतिक विपत्ति अर्थात अपरझट आइपर्ने समस्या नेपालमा मात्र होइन विश्वमा नै कतिवेला कहा के हुन्छ थाहा नै हुदैन । प्राकृतिक अवस्था कसैको वसमा छैन । त्यो चाहे भुकम्प होस् । चाहे त्यो सुनामी होस् । चाहे त्यो बाढी पैरो होस यो कतिवेला कहावाट कता जान्छ भन्ने टुंगो हुदैन ।



त्यस्तै नेपालमा यो बर्षको असार र साउनमा मात्र यतिवेलासम्म झण्डै ५० औ जनाले बाढी पैरोका कारण ज्यान गुमाएका छन् । तर सवैभन्दा धेरै चर्चा चितवनको काली खोला नजिकै रहेको सिमलताल भन्ने ठाउमा एकैपटक दुइवटा बस गुडीरहेको अवस्थामा बगाएर त्रिशुली नदीमा मिसाएको र ति बसहरुमा यात्रारत गरिरहेका ६५ यात्रुमध्य ३ जना मात्र बाच्न सफल बाँकी हराएका मध्य आधा भन्द बढी अझै फेला पर्न नसकेको र बस समेत हराईरहेको घटनाले कहिल्यै नविर्सने गरी झस्काएको छ ।

यस्ता घटनाहरु हुने सम्भावित आकलन गरेर सावधान अपनाउन सकिन्छ । तर प्राकृतिक घटनालाई भने अनुमान लगाउन सकिदैन । नेपालको चितवन जिल्लाको सिमलतालमा गएको पैरो लगायत अन्य क्षेत्रमा आएको पैरो र बाढी पनि त्यस्तै हो । जे हुनु भईसक्यो अव ति घटनामा परेकाहरुको खोजी र खोजी गरेर भेटिएका पहिचान खुलेका व्याक्तिहरुलाई सहयोग सवै मिलेर गरी उनिहरुका परिवारलाई निरासा हुनवाट जोगाउनुपर्छ ।

यस्ता घटनावाट आउदा दिनमा हुने सम्भावित खतरालाई पूर्व अनुमान गरेर सावधान अपनाउने, पैरो जाने क्षेत्रहरुमा घर नबनाउने, अर्थात भीर मुनि घर नबनाउने खोलाको किनारमा घर नबनाउने, सरकारले पनि बनाउन प्रतिबन्ध लगाउने व्यवस्थित वस्तीको अवधारणा बनाई काम गर्नुपर्छ ।

सवारी साधन गुड्ने क्षेत्रहरुमा पनि पैरो बढी जाने क्षेत्रहरुमा जस्तै सीम, चिप्लो ढुङगा बग्ने क्षेत्रहरुमा बलियो र पैरोलाई छेक्न सक्ने पर्खाल, कंक्रिट बनाएर सुरक्षित बनाउनुपर्छ । ताकी आउदा दिनमा त्यस्ता घटना हुन नपाउन र कुनै पनि मानिसको अकालमा ज्यान नजाओस ।

यस्ता तरिकाहरु अपनाएर सावधानको उपाय अपनाउन सवैलाई सम्बन्धित पक्षले आग्रह गर्नुपर्छ र नागरिकहरुलाई समयमा नै सर्तक गराएर मानव रक्षा गर्नु नै सवैभन्दा ठूलो धर्म हो ।
त्यस सिमलताल भन्ने ठाउमा पहिला पनि पैरो गइरहने र २०८१ साल असार २७ गते राति पैरो जानुभन्दा एकहप्ता अगाडी पनि पैरो गएको क्षेत्र हो त्यहा पैरो गईराखेको र दैनिकै जस्तो डोजरले पन्साउदै सवारी साधन खुलाउने गरिएको क्षेत्र हो । मुगलिन नारायणघाट सडकखण्ड बर्षको समयमा अत्यन्तै जोखिम मानिन्छ ।

त्यो क्षेत्रमा बर्षाको समयमा विशेष गरेर धादिङ, गोरखा, तनहु, चितवनका जिल्ला प्रशासन र त्यस जिल्लाका विपत्त व्यवस्थापन निकायहरु एक अर्कामा समन्वमा रहने र नागरिकहरुलाई सर्तक गराउने काम हुनुपर्छ । सिमलतालको घटनामा रात्रिकालीन समयमा माथि उल्लेखित निकायहरु चनाखो भईदिएको भए घटना नहुन पनि सक्थ्यो भन्ने भनाई पनि सुन्न थालिएको छ ।
तर त्यसरी प्रशासनले रोकेकै भएपनि नेपालका नागरिकहरु पनि त्यसैको विरोध गर्न लाग्थे होलान् । त्यसैले सवैभन्दा नागरिक चेतनशील हुनुपर्छ । यात्रा गर्दा कुन समयमा कसरी यात्रा गर्ने भन्ने बिषय आफैले निर्धारण गर्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend