logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘सारंग’को गीतमा २२ जना बालबालिको स्वर


  • जन आकाश
  • बुधबार, साउन ९ २०८१

काठमाडौं– प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको फिल्म ‘सारंग’को ‘चिसो बतास’ बोलको गीतमा २२ जना बालबालिकाले स्वर दिएका छन् ।
बालकुमारीस्थित कान्जिरोवा स्कूलका बालबालिकासहित किरण भुजेल र मुस्कान रानाभाटले मंगलबार एक स्टुडियोमा गीत रेकर्ड गरेका हुन् । कथाको माग बमोजिम नै २२ जना बालबालिकालाई गीत गाउन लगाइएको निर्देशक तामाङले जानकारी दिए ।



फिल्मको अर्को एक गीत ‘चोली तुनामा’मा भने शान्तिश्री परियार र साइराज खातीले स्वर दिएका छन् । दुवै गीतमा डिपी खनालको शब्द रचना रहेको छ भने शंकर थापा स्माइलले संगीत दिएका छन् । फिल्ममा दुवै गीत एकदमै सुमधुर र अर्थपूर्ण रहेको निर्देशक तामाङको दावी रहेको छ । फिल्मको पहिलो चरणको छायांकन पूरा भैसकेको छ भने बाँकी केही दिनमा गर्ने तयारीमा निर्माण टिम रहेका छन् ।

यस फिल्ममा ऋचा शर्मा, उत्पल झा, डा. समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, सुमन सागर जंग केसीसहित बाल कलाकारहरु सम्राट थापा र आदित्य कार्कीको अभिनय रहेको छ । बाल मनोविज्ञान तथा बाल अधिकारको विषयमा आधारित भएर बनेको फिल्मलाई यस वर्षको बाल दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शन गर्ने तयारीमा निर्माता छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend