logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक


  • जन आकाश
  • बिहिबार, साउन १० २०८१

काठमाडौँ । यही साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्वले स्थान पाएको छ ।



गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका बिचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्मकी नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ ।

राजु गिरी निर्देशित फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दै छ । निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend