logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एसिया कप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किए


  • जन आकाश
  • बिहिबार, साउन १० २०८१

काठमाडौं । एसिसी एसिया कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाली टोली बिहीबार श्रीलंकाबाट नेपाल फर्किएको हो।



समूह ‘ए’ मा प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। यद्यपी नेपालले पहिलो खेलमा युएईविरूद्ध ६ विकेटको जित निकालेर इतिहास रचेको थियो। यसअघि दुई पटक एसिया कप खेले पनि नेपाल जितविहीन थियो। दुई संस्करणका आठ खेलमा पराजित नेपालले नवौं खेलमा जित निकालेको थियो। खेलमा नेपालका लगि सम्झना खड्काले ऐतिहासिक अर्धशतक प्रहार गरेकी थिइन्।

युएईलाई पराजित गरेपछि नेपालले पाकिस्तानसँग ९ विकेट र भारतसँग ८२ रनको हार बेहोरेको थियो।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend