जन आकाश
मोहन कार्की
काठमाडौं– १५ बर्षको उमेरमा नै झण्डै २०० वटा गीत बजारमा ल्याउन सफल र पुजा देवकोटाको नाम नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । सानै उमेरमा कविताको किताव पत्र पत्रिका भेट्यो कि गीत बनाएर गाई हाल्ने बानी भएको गायिका देवकोटा बताउछिन् । यसरी गाउदै जादा आफु गायिका बन्छु भन्ने नसोचेको तर त्यो मेरो गायिका बन्ने अभ्यास बन्दै गएको रहेछ ।
त्यो उनको प्रतिभालाई गाउकै दाई पर्ने जनक सुनारले एकदिन गाउकै बहिनीले गीत गाएको देखेर सामाजिक सञ्जालवाट लाईभ प्रशारण गरेपछि एकाएक भाइरल भएकी देवकोटाले पहिलो गीत नसाथमा बाबा छन् । आमाले हामीलाई कसरी पाल्छीन भन्ने गीत रेकर्ड गाएर एकाएका चर्चा पाएर चलेपछि गीत गाउन लगाउने संगीतकार, गीतकारहरुको माया पाएको गायिका बताउछिन् ।
उनले जन आकाश मिडियाले प्रतिभाको लागि सम्मान र नव प्रतिभाको लागि स्थान दिने कार्यक्रममा पत्रकार विनोद कार्कीसँग अन्र्तवार्ता दिने क्रममा यस्तो बताएकी हुन् । कैलाली जिल्लामा जन्मेकी गायिका हाल काठमाडौमा अध्ययनरत छिन् । पढाइका अलवा गीत संगीत क्षेत्रमा उदाएकी एक चम्किलो ताराको पहिचान बनाएकी छन् ।
उनी आउदा नव प्रतिभाहररुलाई बिशेषत अनुशासन सवैभन्दा महत्वपूर्ण हो । अनुशासनमा रहेर काम गर्यो, मेहनत गर्यो भने गीत संगीतामा पानि भविष्य छ भनेर नव प्रतिभालाई अनुशासन र मेहनत गर्न सुझाव दिएकी छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend