जन आकाश
नेपालमा मानिसहरु दिनानुदिन निरासा व्यक्त गर्दै बसेका देखिन्छन् । अर्थतन्त्रमा आएको पछिल्लो समस्या, घर जग्गा कारोबारमा आएको मन्दी, अन्य व्यवसायमा समेत यसको असर देखिन थालेको लामो समय भएको छ ।
तर नेपालको बजार लयमा चल्न सकेको छैन । लय बिग्रेको नै धेरै भईसकेको छ । उद्योग कलकारखानाहरु सञ्चालनमा आउन सकेका छैनन् । नयाँ उद्योगहरु ठूलो स्केलमा सञ्चालनमा आउनलाई लगानी थपिएको छैन । यतिको धेरै समस्या हुदाहुदै पनि बजारमा महगी घटेको छैन । सर्व साधरण तनावमा छन् ।
यस्ता समस्याहरुसँग आम मानिस प्रत्यक्ष प्रभावित भएका छन् । ति मानिसहरु एक अर्कामा भेटघाट हुदा आफैलाई परेका समस्या एक आर्कालाई व्याक्त गरिरहका देखिन्छन् । यो निक्कै समस्याको पाहाड बन्दै गईरहेको जस्तो भान हुन्छ । स्वभाविक रुपमा बहुसंख्या कार्यकर्ता भएका पार्टीहरु सरकारमा हुदा सकरात्मक ढंगवाट प्रतित्रिया अउदा पनि निक्कै उत्साह भरिदो रहेछ भन्ने प्रमाण शेयर बजारमा देखिएको सकरात्मक सूचाङकले देखाएको छ । यो एउटा सकरात्मक भएपनि देशका विविध क्षेत्रमा आएका समस्याहरुले यो शेयर मार्केटको जस्तै गति लिने गरी काम भएमा मात्र निरासा बोकेर बसेका मानिसहरुमा उत्साहले भरिन सक्छ ।
हुनत हाम्रो नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसहरुलाई सभा भेलाहरुमा चुट्किला नै सुनाएर पनि उत्साहित बनाउने गरेको देखिन्छ । त्यो चुटकिला भन्दा पनि नेपालका नागरिकहरुलाई दिर्धकालीन रुपमा पारदर्शी ढंगवाट सर्व साधारण नागरिकको जिवनमा परिवर्तन ल्याउनु सक्नुपर्छ । काम गर्न चाहनेलाई काममा प्रोत्साहित गर्ने, काम गरिरहेका मेहेनतिहरुलाई अझै क्षमता अभिबृदि गर्दै लैजाने देश भित्रै पनि सम्भावनाहरु छन् ।
आफ्नै जन्मभूमिमा काम गरेर पगति गर्न सकिन्छ । सरकारले वातावरण बनाउछ । योजना ल्याउ लगानीको ग्यारेण्टी हामी गरिदिनेछौ भनेर सरकारले जनतालाई विश्वसनीय वातावरण बनाउन सक्नुपर्छ ।
यतिवेला जनताले यस्तै यस्तै कुराहरु बजारमा गरिरहेको सुनिन्छ । त्यस कारण देश र जनताको लागि भनेर बनेको सरकारले जनताले बजारमा गरेको कुरा होस् वा सदनमा जनतावाट प्रतिनिधित्व गरि आएका सांसदहरुले उठाएका समस्या हुन् । ति सवै जनताको भावनालाई बुझेर निरासामा परिणत भएका जनतालाई कतिपय ठाउँमा राहात नै दिएर कतै नीतिगत रुपमा सम्बोधन गरेर उत्साह भरेर जाहा जुन ठाउँका जनतालाई कसरी खुशी पार्नुपर्ने हो । त्यसरी नै दिर्धकालीन योजना बनाई निरासामा रहेका जनतालाई वर्तमान सरकारले उत्साह भरोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend