जन आकाश
मोहन कार्की ।
काठमाडौ । काठमाडौको गल्कु पाखामास्थित एटलान्टिक कलेजका प्रीन्सिपल शंकर अधिकारीले आज जन आकाश मिडियासँग कुरा गर्दै २००९ सालमा स्थापना भएको एटलान्टिक कलेजले पोखरा युनिभरसिटीवाट सम्बन्धन लिई (विविए) (विविए फाईनान्स) फाइनान्समा अब्बल विद्यार्थीहरु उत्पादन गर्न सफल भएको र पोखरा युनिभरसिटीमा सम्बन्धन लिएका कलेजहरु मध्य उत्कृष्टमा एट्लान्टिक कलेज भएको बताएका छन् ।
यसरी विद्यार्थीहरु उत्कृष्ट हुनुमा विद्यार्थीहरुलाई इन्टर्न अर्थात अभ्यास धेरै गराउने गरेको र एस्ट्रा व्यवहारिक ज्ञान सम्बन्धित बिषय पढेका विद्यार्थीहरुलाई बैकहरुसँग (एमओयु) गराएर समेत पढाई गराएको साथै एटलान्टिक कलेजमा पढाउने शिक्षकहरु सवै एकाडेमीक आफै सञ्चालक र पढाउने भएका कारण गुणस्तरीय शिक्षा पाउछन् । त्यसैमध्य प्रिन्सीपल शखर अधिकारी आफै पनि कम्प्युटर ईन्जिनियर भएको बताउछन् । त्यसै कारण उत्कृष्ट नजिता ल्याउन सफल भएको उनको तर्क छ ।
प्रिन्सीपल शंखरले यस बर्ष २०२४ बाट (एमविए) (एमविए फाईनान्स) पढाईरहेको बताएका छन् । उनले एटलान्टिक कलेजमा नै विद्यार्थी पढ्दा के फाइदा छ भनि सोधिएको प्रश्नमा आधारहरु बताएका छन् ।
गएको १५ बर्षमा करिव २००० विद्यार्थी पास आउट भएका जसमध्य १९२ जना डिनले अवाडेर्ड गरेको, त्यसमा एटलान्कि कलेजमा पढेर पास आउट भएका ४० प्रतिशत नेपालका फाइनान्स, बैकहरुमा कार्यरत रहेको सकभर एटलान्टिकमा मात्र नभई कुनै पनि कलेजमा अध्ययन गरेका विद्यार्थी विदेश नजाउन भन्ने भनाई राख्दै अधिकारीले भने, त्यसमध्य एटलान्टिकमा पढ्नेहरुलाई नेपालमा नै प्राक्टिकल गराई दक्ष बनायर नेपालमा नै रोजगार दिन सफल भएको जस्ता उदारणहरु दिएका छन् ।
त्यसैगरी कलेजको प्रशासनको व्यावस्थान हेरीरहेका दिनेश अधिकारीले कलेजको वातावरण अत्यन्तै शान्त, उत्कृष्ट ढंगवाट स्रोत साधनहरु सवै परिचालन गरी व्यवस्थापन गरेको र विद्यार्थीहरुलाई कलेजमा पढ्दादेखिनै प्रतिस्पर्धा कसरी गर्नुपर्छ व्यवहारिक रुपमा अन्य बैकहरुसँग,फाइनान्सहरुसँग समन्वय गरेर दक्ष विद्यार्थी उत्पादन गर्ने व्यवस्थापनमा कलेजले गरेको १५ बर्षको प्रगतिले देखाएको छ । यो बीचमा हामीले विद्यार्थीहरुलाई सवल बनाउनको लागि नविल बैकसँग एमओयु गरिसकेका छौ । त्यसैगरी अन्य बैकहरुसँग पनि एमओयु गर्ने तयारी भईरहेको बताएका छन् ।
हाम्रो जन आकाश मिडियाले आज यसै एटलान्टिक कलेजको वारेमा कलेजमा पुगेर रिर्पोट तयार पारेका छौ । भिडियो पनि हेर्न सक्नुहुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend