logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बिवेक खड्काको अभिनयमा “I AM VERY SORRY” गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, साउन १६ २०८१

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारका नयाँ नयाँ गितहरु सार्वजानिक भइरहेकाछन् ।



सोही क्रममा विवेक खड्का र सक्कु शाहको अभिनयमा  “I AM VERY SORRY” बोलको गीत डम्फु मिडिया युटुव च्यानलबाट सार्वजनिक भएको छ । सोही गीत छोटो समयमै दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ ।

फुर्वा तामाङको शब्द, संगीत, आवाज रहेको गीतमा नोर्बु शेर्पाले एरेन्ज गरेकाछन् ।  भने शकु शाहको छायाँकन रहेको छ । भिडियो निर्देशन मिलन तामाङ रहेको गीतमा थ्रेटर आर्टिस विवेक खड्का र सक्कु शाहको अभिनय आकर्षक रुपमा देख्न पाइन्छ ।

छाडा र उत्ताउला गीतले समाजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला मोड्ल विवेक खड्काले मायाँ पिरतीको झल्को मेटिने गरी तामाङ गीतको म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । उक्त गीत अहिले टिकटक फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ ।

पछिल्लो समय मोड्ल विवेक खड्काको जुन गीत बजारमा आयो तेहि गीत दर्शक स्रोताहरुले निकै रुचाइदिएका छन् “ जुनी जुनी सम्मालाई ,जिन्दगी लगायत दर्जनौ गीतबाट चर्चामा आएका विवेक अहिले तामाङ गीत बजारमा ल्याएका छन् र दर्शक स्रोताको पनि राम्रो प्रतिक्रिया पाएकाछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend