logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विश्व तेक्वान्दोमा प्रेमलाई रजत


  • जन आकाश
  • बिहिबार, साउन १७ २०८१

काठमाडौं । नेपालका प्रेमबहादुर लिम्बूले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जितेकाछन् । दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा प्रेमले व्यक्तिगत पुम्सेतर्फ रजत पदक जितेका हुन् ।



प्रशिक्षक जगन अधिकारीका अनुसार प्रेम फाइनलमा मेक्सिकन खेलाडी योन सियोकसँग ७.८९-८.९९ को झिनो अंकले पराजित भए ।

५५ राष्ट्रका चार हजार ५०० खेलाडी सहभागी प्रतियोगिता २६ देखि ३० जुलाई सम्म भएको थियो । प्रेमले यही वर्ष दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगितामा पनि रजत पदक जितेका थिए । दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता प्रेम अगष्ट ३ मा नेपाल फर्किनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend