जन आकाश
काठमाडौं । गायक तथा कलाकार मोतिराज खनाल र बाल गायिका कल्पना बिष्टको आवाजमा निकै रमाइलो “नक्कली साईली” बोलको तिज गीत सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द, संगीत मोतिराज खनालको रहेको छ भने चर्चित बाल गायिका कल्पना बिष्ट र गायक खनाल स्वयमले मिठासपूर्ण आवाज दिएकाछन् । मिक्सिङ मास्टरिङ कृष्ण बाजुराली, संगीत संयोजक रमेश सेन्चुरी रहेको गीतमा देबेन्द्र कुवरले कोरियोग्राफर गरेकाछन् । चर्चित कलाकार सुरज खनालको निर्देशन रहेको गीतमा भुवन के पोखरेल,अनिल पौडेल ,जुना कार्की,सुबि शाहीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

नेपालीहरुको संस्कार, संकृति र परम्परालाई जर्गेना गर्ने उद्देश्यका साथ गायक तथा सर्जक मोतिराज खनालले हरेक बर्ष एउटा तीज गीत सार्वजनिक गर्ने गर्दछन् । त्यसैले यो बर्ष पनि “नक्कले साईली” बोलको तीज गीत बजारमा ल्याएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend