logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

काभा भलिबल च्याम्पियनसिप : नेपाली महिला टिमको लगातार दोस्रो जित


  • जन आकाश
  • शुक्रबार, साउन १८ २०८१

काठमाडौं । भुटानको थिम्पुमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।



थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २-० सेटमा हरायो ।कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१-५, २१-४ ले हरायो ।

पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१-१७, २१-१५ ले हराएको थियो । नेपाली महिला टोलीले आजै समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ ।

पुरुषतर्फ नेपालले शुक्रबार पहिलो जित निकालेको छ । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले भुटान बी टिमलाई २१-१४, २१-१४ ले पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१-१४ ले आफ्नो पक्षमा पारेको हो । नेपालले आजै उज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ ।

समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिबार हुनेछन् । तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend