logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पूजा शर्माको फिल्म “रावायण” को टिजर सार्वजनिक


  • जन आकाश
  • शनिबार, साउन १९ २०८१

काठमाडौं । सुदर्शन थापाको निर्देशन रहेको फिल्म “रावायण” को टिजर सार्वजनिक भएको छ।



शुक्रबार कामाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक टिजरमा अभिनेता पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ। दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा देखाइएको छ।

यो फिल्ममा पलका साथमा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, निकिता चण्डकको अभिनय छ। टिजर सार्वजनिक समारोहमा बोल्दै निर्देशक थापाले यो फिल्म आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए।

विशेष गरी लभस्टोरी फिल्ममा रोजाइमा पर्ने निर्देशक थापाले रावायण मार्फत आफूलाई परिवर्तन गर्ने कोसिस गरेको बताए। पल शाहले आफ्नो रोमान्टिक छविलाई हेरिरहेका दर्शकका लागि यो फिल्मको चरित्र नयाँ स्वाद हुने बताए। उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको खुलाए।

यसमा उनले एउटा पोजेटिभ र अर्को नेगेटिभ चरित्र निर्वाह गरेका छन्। पूजा शर्माले आफ्नो टिमले मेहनतका साथ फिल्म बनाएको बताइन्। प्रमोद अग्रहरीले दर्शकले ‘रावायण’ बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे। अर्का कलाकार प्रकाश शाहले आफ्ना लागि फिल्मको पात्र चुनौतीपूर्ण रहेको बताए।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend