जन आकाश
काठमाडौं । सेन्ट लुइसकी जुलियन अल्फ्रेडले पेरिस ओलम्पिक अन्तर्गत एथ्लेटिक्स महिला सय मिटर दौडमा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।
आइतबार बिहान स्टाड डे फ्रान्समा भएको प्रतिस्पर्धामा अल्फ्रेडले ‘प्रि फेभरेट’ अमेरिकन साकारी रिचर्डलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
सेन्ट लुइसले ओलम्पिक इतिहासमा जितेको यो नै पहिलो पदक हो । त्यसैले अल्फ्रेड र सेन्ट लुइस दुवैका लागि यो पदक विशेष रह्यो । २३ वर्षीय स्प्रिन्टर अल्फ्रेडले एक सय मिटर दूरी १०.७२ सेकेन्डमा पूरा गरिन् । राष्ट्रकै लागि पहिलो स्वर्ण जितेपछि भावुक बनेकी अल्फ्रेडले उक्त स्वर्ण ११ वर्षअघि निधन भएका आफ्नो बुबाप्रति समर्पित गरिन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend