जन आकाश
काठमाडौं । अभिनेत्री मलिका महतको शीर्ष अभिनय रहेको फिल्म “सतीदेवी” भदौ ७ गतेदेखि प्रदर्शनमा आउँदैछ।
सामाजिक कथामा बनेको फिल्मलाई लक्ष्मण सुवेदीले लेखन एवं निर्देशन गरेका हुन्। यो फिल्मको केही दिनअघि सार्वजनिक ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।
२ लाखभन्दा बढी भ्युजका साथ ट्रेलर युट्युब ट्रेन्डिङमा समेत परेको छ। ट्रेलर हाल युट्युब ट्रेन्डिङमा फिल्म विधाको तेश्रो स्थानमा देखिन्छ।
ठूलो हल्लाखल्ला र प्रचारमा नरहेको यो फिल्मको ट्रेलर ट्रेन्डिङमा पर्नुले फिल्मप्रति दर्शकहरू आकर्षित रहेको अनुमान गर्न सकिन्छ ।
फिल्मले छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा पेस गर्ने जनाइएको छ। यसमा शीर्ष भूमिकामा मलिका महत छिन्। साथमा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा, बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ लगायतको अभिनय छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend