जन आकाश
काठमाडौं – नेपाल काभा वुमन्स नेसन्स लिग २०२४ उपाधी भारतको पोल्टामा गएको छ । नेपाले भारतसँग हारेर उपविजेतामा चिक्त बझाउन बाध्य भएको छ । नेपालले भारतसँग ३÷२ को सेटमा पराजित भएको हो । नेपालको घरेलु मैदान रंगशाला खेलमा भारतले पुनः नेपाललाई फाइनलमा हराएर आफ्नो विरासत राख्यो भने नेपालले भारतलाई फाइनलमा जहिले पर्ने हार्ने गरेको विगतलाई यसपटक पनि तोड्न सकेन ।
बुधबार भएको फाइनलमा नेपाल भारतसँग २५–२३, १४–२५, २५–२२, २१–२५ र ५–१५ ले पराजित हुन पुग्यो । चौथो सेटमा जित निकाल्न नसक्नु नै नेपालको हारको मुख्य कारण बन्यो ।
यसअघि सन् २०१९ मा नेपालमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग फाइनलमा ३(२ ले पराजित भएको थियो । त्यतिबेला पनि निर्णायक पाचौं सेटमा ६(१५ ले गुमाउँदै नेपाल स्वर्ण जित्नबाट चुकेको थियो ।
प्रतियोगितामा सहभागी भारत, इरान, श्रीलंका, माल्दिभ्स गरी सबै टिमलाई पराजित गरेको नेपालले उपाधि भने जित्न सकेन ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली फाइनल खेल हेर्ने आउने भनेर सामाजिक सञ्जालमा ब्यापमक छाएको थियो । तर गएनन् बेलुका स्टाटस लेखेर हामी जित्छौ । अहिले नजिते फेरी प्रयास गछौ जित्छौ भनेर राष्ट्रिय भलिबल टिमलाई हौशला दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend