जन आकाश
काठमाडौं । गायिका देवी घर्ती र गायक राजु ढकालको जोडीले तीज गीत सार्वजनिक गरेका छन्।
यी दुईको स्वरमा “मुटुको ढुकढुकी” बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। यसमा रविन लामिछानेको शब्द एवं संगीत छ। राजेन्द्र बाजुरालीले एरेन्ज गरेका हुन्।
भिडिओमा जिवन वाग्ले र समीक्षा भुजेलले नृत्य गरेका छन्। मदन खड्काको निर्देशन रहेको भिडिओलाई विरेन्द्र भट्टले छायांकन, विकास ज्ञवालीले सम्पादन गरेका हुन्।
गायिका देवी घर्तीले तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया जानुअघि यो गीत ल्याएकी हुन्। उनी आउँदो साता एक महिनाका लागि अस्ट्रेलिया उड्दैछिन्। राजु भने कार्यक्रमको शिलशिलामा बेलायतमा छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend