logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गणेश र आशाको मौलिक तीज गीत “माइतिर घर” सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, साउन २५ २०८१

काठमाडौं । छाडा र उत्ताउला गीतले तिजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला गणेश बाबु बिक र आशा बिकले भने तिजको झल्को मेटिने गरी गाऊ घरमा आमा , हजुर आमाहरुले घन्काउने लोक भाकालाई टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक “माइति घर” बोलोको तीज गीत (Gbk Entertainment)  युटुब च्यानलबाट सार्वजनिक गरेकाछन् ।



गीतमा गोविन्द पंगेनी,गणेश बाबु बिक,पूर्ण सम्योग,लक्ष्मी परियार,आशा बिक,झुमा, अर्याल,गीता सिलवाल,अनु सोनीको आवाजले दर्शकको मन जित्न सफल भएको छ । भने अभिनय तर्फ आशा बिक,देवी कार्की गणेश बाबु बिक ,विक्रम बुढाथोकी, विमला सुनार, झुमा अर्याल,गीता सिलवाल अस्मिता सुनारको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ । बिहे गरेका नारी माइता जान नपाउदा चेलीलाई कति पिडा हुन्छ भन्ने कुरा कलाकारहरुले गीत मार्फत प्रस्तुत गरेका छन्  ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend