logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नारीको कथामा “अभागी तीज” सार्वजनिक, छोटो समयमा धेरै दर्शकको माया


  • जन आकाश
  • शुक्रबार, साउन २५ २०८१

काठमाडौं । समाजमा रहेका समासामुहिक बिषय बस्तुमा आधारित नारी जीवनको कथा तीजलाई लिएर कलाकार राज कुमार गिरीले “अभागी तिज” नामक लघु चलचित्र सार्वजनिक गरेका छन् । उक्त चलचित्रले छोटो समयमै दर्शको मन जित्दै दुई लाख साठी हजार दर्शकको माया पाएको छ ।



राज कुमार गिरीको कथा लेख्न/ निर्देशन रहेको लघु चलचित्र यति बेला निकै चर्चामा आएको छ । उक्त लघु चलचित्रमा थुप्रै कलाकारहरुको अभिनय फरक,फरक तरिकाले आकर्षित रुपमा देख्न सकिन्छ । मेन क्यारेक्टरको भुमिकामा बिनोद कार्की र सिर्जना नेवारणी रहेका छन् भने कलाकारहरु देवी कार्की, शिवराज शर्मा, विनोद कार्की, सिर्जना नेवारणी, अप्सरा गिरी, पुरोषोत्तम, सखकर्मी, प्रतिमा गिरी लगायत कलाकारहरुको अभिनय शशक्त रुपमा देख्न सकिन्छ ।

नारीको कथालाई लियर निर्माण गरिएको “अभागी तीज” नामक लघु चलचित्र नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा शन्देस मुलक तरिकाले प्रस्तुत गरिएको छ। समग्रमा यो चलचित्र हेर्दा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशक तथा कथा लेख्नको भुमिका देख्न पाइन्छ । ”

कलाकारिता क्षेत्रमा बिगत लामो समयदेखि आफ्नो छुटै पहिचान बनाउदै आएका कलाकार तथा निर्देशक राजकुमार गिरी कलाकारिता क्षेत्रका एक उदारणीय व्यति हुन् उनले गरेका सिर्जनाहरु निकै लोकप्रिय हुन्छन् केही समय अघि उनले गरेका कामको दर्शकले निकै प्रशंसा गरेका थिए । बिभिन्न सिरियल फिल्मका साइडबाट कलाकारिता क्षेत्रमा प्रबेश गरेका गिरी यति बेला निर्देशक,कथा लेख्न र छायाँकनको रुपमा निकै परिचित छन् उनले थुप्रै सिरियल सट-भिडियोमा निर्देशन र छायाकनको रुपमा काम गर्दे आएकाछन् ।

उनै लोक प्रिय निर्देशक कलाकारिता क्षेत्रमा धेरै मनहत,संर्घष गरेर आएको र थुप्रै पुराना कलाकारसँग सह-कार्य गरी नया कलाकारलाई उचित स्थान दिएको,कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै संघर्ष र मेनहत रहेको बताउदै , अब फरक तरिकाबाट दर्शकको मन जित्ने काम गर्ने, समाजमा सकारात्क शन्देश दिने सिरियल , लघुचलचित्रहरु निर्माण गर्ने, आर्के फिल्मस युटुब च्यानलबाट निरन्तर भिडियो आउने जन आकाश मिडियासँग राजकुमार गिरी बताउँछन् ।

अभागीको तिज | Abhagiko Teej | New Nepali Sentimental Short Move 2081-2024 (youtube.com)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend