logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत संगीतका अधुरा सपना पुरा गर्दै : भिमा कार्की


  • जन आकाश
  • मंगलबार, साउन २९ २०८१

काठमाडौं । धादिङको बिकट ठाउँमा जन्म भई सानैदेखि गीत संगीतमा रुची भएकी भिमा कार्की यति बेला काठमाडौंमा गीत संगीतका अधुरा सपना पुरा गर्दैछिन् । रोजिरोटीको लागि दोहोरी साझमा काम गर्दैै गीत रेकर्ड गर्ने पैशा जम्मा पार्दै छिन् । मनभरी गायिका बन्ने सपनामा भौतारिएकी नव गायिका भिमा कार्की अवसरको खोजिमा आफ्नो प्रतिभा बोकेर जन आकाश मिडियासम्म आइपुगेकी छिन् ।



सानै उमेरमा आगोले डढेर जीवन र मृत्युको मुखबाट बचेकी भिमा कार्की केही समयअघि बिभिन्न मिडियामा अन्तर्वार्ता समेत दिदै आएकी थिइन् । उनको आवाज धेरै दर्शकले मन पराए पनि उनले गीत गाउने अवसर भने पाइनन् । मिडियाबाट पनि अवसर नपाएपछि आफ्नो लागि आफै केही गर्छु भनेर दोहोरी साझमा काम गर्न थालिन् । दोहोरीमा काम गर्दा उनले थुपै्र उतार चडाव भोग्नु प¥यो राम्रो दोहोरी गाउन नआउने , राम्रो बाध्यवादन बजाउन नआउने, रुप हेरेर दोहोरीमा काम लगाउने, अनुहारमा आगोले पोलेका दाग भएकाले धेरै दोहोरीबाट फयालिन पुगिन । तर उनको संर्घष भने निरन्तर रह्यो । राम्रो दोहोरी गाउन र बजाउन सिकेर दोहोरी तिर नै लागिन् अहिले चर्चित लोकदोहोरी गायिका जेरी बानियाको दोहोरीमा काम गर्दैछिन ।

कसैको साथ सपोट नपाएकी सबैबाट धोका पाएकी भिमा कार्की जीवनमा धेरै संघर्ष गरेको बताउछिन । काठमाडौं आउदा २० रुपैया पैशा बाबाले दिएर काठमाडौ आएको आफ्नो भोक मेटनको लागि त्यो २० रुपैया पैशाले चाउचाउ किनेर खाएको, अहिले जन्म दिने बाबा संसारबाट टाढा रहेको, त्यो बाबाले दिएको २० रुपैया पैशा जोगायर राखेको भए बाबाको चिनो रहने सधै भरी याद आउने बताउँछिन् ।

रंगीन सपना मनमा सजायर सागीतिक जीवनमा पाइला चालेकी भिमा कार्की एकन एकदिन गीत संगीतमा लागेर गीत संगीतमा भबिष्य छैन् भन्नेहरुको लागि भबिष्य बनाएर देखाउने बताउछिन् ।

जमाना परिर्वतन भएर आधुनिक, पप, ¥याप गीत सुन्ने चलन आए पनि आफुलाई पुरानै शैलीका गीत, पुरानै भाका, पुरानै गायक मन पर्ने जन आकाश मिडियाका सवावदाता बिनोद कार्कीसँग भिमा कार्की बताउछिन् ।

पुरा भिडियो तल लिङकमा दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend