जन आकाश
विनोद कार्की ।
काठमाडौं । १५ बर्षको उमेरमै दुईसय गीत रेकर्ड गर्न सफल भएकी चर्चित बाल गायिका पुजा देबकोटा गीत संगीत क्षेत्रकी एक उदारणीय व्यति हुन् उनले गायका हरेक गीतहरु निकै चर्चामा आउने गर्छन् । उनले गायको गीतको प्रशंसाको सबैको उदारण बन्ने गर्दछिन् । बिगत केही बर्षअघि सामाजिक सञ्जालबाट भाइरल भएर गीत संगीत क्षेत्रमा पाहिलो टेकेकी पुजा यतिबेला नेपालको उत्कृष्ट बाल गायिकाको रुपमा चिनिनिछन् । उनेले गायका दर्जनौ गीतहरु निकै लोकप्रियछन् जस्तै “सारनकोटको डाडैमा, हयाल्लो सानी , बुबा मेरो भगावान, कुटु कुटु खायो तिम्रै मायाले, हर युग होस ,पानी कुवाको, जिन्दकी धराप, प्राण बाकी छ मैले मात्र सम्झेर, के होला जिन्दकी,पानि कुवाको लगायत दर्जनौ गीत युटुबको टेन्डिङमा पर्न सफल भएकाछन भने, कति गीतले इतिहास समेत रचेकाछन् ।
बोलिमा मिठास आवाजमा जादु, कम बोल्ने धेरै बुझने, साधा जीवनमा रमाउना चाहाने पुजालाई यतिबेला गीत रेकर्ड र मेला महत्सबमा भ्याइ, नभ्याई छ । उनै लोकप्रिय बाल गायिका पुजा देबकोटासँग जन आकाश मिडियाका सवदाता बिनोद कार्कीसँग गरेको कुराकानीलाई हामिले यस अंकमा यसरी प्रस्तुत गरेका छौं ।
आज भोलि केमा व्यस्थ हुनुहुन्छ ?
तिज पनि नजिकिदै छ रेकर्डिङको लागि बोलाउनु हुन्छ । आज भोलि गीत रेकडिङ तिर नै व्यस्थ छु । पढाइले गर्दा मेला महत्सवमा टाइम दिन सकेको छैन् । परिक्षा पनि नजिकिदै छ पढाई र रेकर्डिङ तिर नै व्यस्थ छु ।
फुर्सदको समयमा के गर्नुहुन्छ ?
फुर्सदको समयमा गीत गाउछु , गीत सुन्छु, मोवाइल चलाउछु । बाहिर हिढ्न र डुल्न त्यति मन लाग्दैन घरमै बस्छु घरकै कामहरु गर्छु । फुर्सदको बेला रेकडिङमा बोलाउनु हुन्छु । त्यता तिरा जान्छु ।
तपाईको सांगीतिक बजारमा कति गीत छन् ?
मेरो सागीतिक बजारमा दुईसय जति गीत छन् पछिल्लो समय तिज गीतहरु पनि आइरहेकाछन् । मेरो धेरै जसो गीत आधुनिक र लोक छन् पुजा देबकोटा भनेर युटुबमा खोज्यो भनि दुई सय हाराहारीमा गीत भेट्न सकिन्छ ।
एकपछि आर्को गीत चर्चामा आउदा, पुजा देबकोटा नामले सबैलाई चिनाउन पाउदा कतिको खुसी हुनुहुन्छ ?
एकदमै खुसी छु यो सफलता मिल्छ भनेर मैले कल्पना समेत गरेको थिइन् छोटो समयमै पुजा देबकोटा नामले सबैलाई चिनाउन सफल भए । यो सफलताले मलाई गीत संगीत क्षेत्रमा धेरै मेनहत गर्ने हौसाला मिलेको छ । सधैभरी यसरी नै सबैले माया गर्नुहुन्छ भन्ने अपेक्षा राखेको छु ।
गीत संगीत क्षेत्रको भबिष्य कस्तो छ जस्तो लाग्छ ?
गीत संगीत क्षेत्रको भबिष्य राम्रो छ जस्तो लाग्छ अझै गीत संगीतको बारेमा धेरै बुझन र जान्न बाकी नै छ । मैले अहिलेसम्मा संगीत सिकेको छैन् । अब मत गीत संगीतमा राम्रो नै भबिष्य देख्छु । अब गर्दे जाने हो काहाँ सम्मा पुग्न सकिन्छकी हेरम ।
पढाइले गर्दा भनेको बेला रेकर्डिङ र मेला महत्सबमा टाइम दिन नपाउदा कतिको दुख लाग्छ ?
लाग्छ कोहिबेला त कति धेरै गीत रेकर्डका अवसरहरु , स्टेस प्रोगामको अवसरहरु आउछन् त्यही बेला इक्ज्याम पर्छ अनि क्यान्सिल गर्नुपर्छ । कोहि बेला त छिटै पढाइ सकेर गीत संगीतलाई निरन्तरता दिउ की जस्तो लाग्छ । समय मिलायर सनिवार अथवा बेलुकाको समयमा गीत रेकर्ड गरि राखेको छु । फेरी भएर फुल्ली टाइम गीत संगीतलाई दिन पाएको छैन् दुख लाग्छ कोहिबेला ।
तपाई बाल्यकाल कसरी बित्यो यो गीत संगीत क्षेत्रमा रुची कसरी आयो ?
मेरो बाल्यकाल गाउँघरमै बित्यो सानैदेखि गीत गाउथे तर सिङगर बन्छु भन्ने सोचेको थिइन् वास्वमा भन्नी हो भने गायक गायिका भन्ने के हो त्योे नै थाहाँ थिएन् । म गीत गाइ रहन्थे मेरो हजुर आमाले चाही गाली गनुहुन्थ्यो गीत गाउदा । तर माया पनि गर्नुहुन्थ्यो । त्यसरी नै मेरो बाल्काल रमाइलो तरिकाले बित्यो ।
एउटा प्रोग्राममा मैलै एउटा गीत गाएको थिए गाउँको दादाले मैले गीत गायको भिडियो फेसबुक लाइभ गर्नुभएको रहेछ त्यो गीत भाइरल भएर मिडियाकर्मीले मेरो आवाजलाई सबै सामु पु¥यादिनु भयो । अनि मेरो गायन यात्रा सुरु भयो ।
जन आकाश मिडियाले निर्माण गरेको संगीत खबर कार्यक्रम कतिको हेर्ने गर्नुहुन्थ्यो ?
पहिला चाही थाहाँ थियन् जन आकाश मिडियाको संगीत खबर कार्यक्रम छ भनेर । तर केही महिनादेखि लगातार हेर्न लागे एकदमै मन पर्छ । नव प्रतिभाको प्रतिभा र अग्रजको सल्हा सुझाभहरु लिइ राखेको हुन्छु । म अहिले निरन्तर रुपमा हेर्ने गर्छु । भन्दै जन आकाश मिडियाले निर्माण गरेको संगीत खबर कार्यक्रमा बाल गायिका पुजा देबकोटा बताउछिन् ।
पुरा भिडियो तल लिङक दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend