जन आकाश
काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म “सतीदेवी” को गीत सार्वजनिक भएको छ।
बिहीबार ओएसआर डिजिटलको युट्युबमार्फत माया बसेको रैछु बोलको गीत रिलिज गरिएको हो। गीतमा प्रताप दास र दीपा लामाको स्वर छ। दीपक शर्माको संगीत रहेको गीतका शब्द निर्देशक सुवेदी स्वयंकै हुन्।
यो प्रेमगीतको भिडिओमा फिल्मकी मुख्य कलाकार मलिका महत र सन्दीप बाबु लोहनी फिचर्ड छन्। भिडिओका कोरियोग्राफर रामजी लामिछाने हुन्।
सामाजिक कथामा बनेको फिल्म “सतीदेवी” भदौ ७ गते रिलिजको तयारीमा छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend