logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्राञ्जल न्यौपानेको अभिनयमा “कन्या कुमारी” गीत सार्वजनिक


  • जन आकाश
  • आइतबार, भाद्र २ २०८१

काठमाडौं । चितवन जिल्लामा जन्मेका मोडेल प्राञ्जल न्यौपाने पछिल्लो समय निकै चर्चामा आएका छन् ।



दुई बर्ष जापनको बसाइँपछि मोड्लिङ क्षेत्रमा फर्किएका प्राञ्जलको फस्ट गीत “डबल बेड” थियो । सोही गीत दर्शक स्रोताको अपार माया पाउन सफल भयो अनि उनको मोड्लिङ क्षेत्र सुरु भयो । सानै उमेरदेखि कलाकारिता क्षेत्रमा रुची भएका प्राञ्जल गाउन,नाच्न भनेपछि हुरुकै हुनेगर्थे,कलाकारिता क्षेत्रका रंगीन सपना देख्ने गर्थे, उनको स्वभाव  लजालु, कम बोल्ने, हासि रहने थियो । उनै मोड्ल सानैदेखि भाग्यललाई भन्दा कर्मलाई बिश्वास गर्ने गर्थे । बिगत केही समयदेखी कलाकारिता क्षेत्रमा लागेका प्रजल डान्स सिकेर मोड्लिङ क्षेत्रमा लागेका हुन् ।

पछिल्लो समय प्राञ्जलको जुन गीत बजारमा आयो तेहि गीत दर्शक स्रोताले निकै रुचाइदिएका छन्  “डबल बेड” , गीतबाट मोड्लिङ यात्रा सुरु गरी चर्चामा आएका प्राञ्जल अहिले म्युजिक भिडियोको सुटिङमा निकै व्यस्थ देखिन्छन् । हिजो भखरै उनको अभिनय रहेको “कन्या कुमारी” बोलको गीत (OSR Digital)  युटुब च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

उक्त गीतमा कृष्ण भट्टराईको स्वर रहेको छ, भने डीपी खनालको शब्द,राम सिटौलाको संगीत रहेको छ । गीतमा अभिषेक कोइरालाको कोरियोग्राफी र जस बहादुर याखाको भिडियो निर्देशन रहेको गीतमा  प्राञ्जल न्यौपाने र बिमला खजुम लिम्बुको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

उनको लुक्सलाई हेरेर पछिल्लो समय प्राञ्जललाई दर्शकले चकलेटी मोड्ल भनेर पनि चिन्ने गर्दछन् । जसरी “डबल बेड” गीत धेरै दर्शकहरुले रुचाइदिएका थिए । त्यसरी नै “कन्या कुमारी” बोलको गीतलाई पनि दर्शकले निकै रुचाइदिएका छन् । अहिले “कन्या कुमारी” बोलको गीत छोटो समयमै दर्शकको माया पाउदै टिकटक, फेसबुकका पेजहरुमा निकै चर्चामा आएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend