logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जोखिमयुक्त ठाउँमा घर नबनाऔ


  • जन आकाश
  • सोमबार, भाद्र ३ २०८१

हालसालै सोलुखुम्बु जिल्लाको खुम्बु पाशाङल्हामु गाउपालिका वाडन ५ थामेमा आएको हिम पैरोले धेरै घरहरु बगाएको छ । त्यो भूगोल हेर्दा खोलाको नजिकै रहेको फाटमा भएका घरहरुलाई बगाएको देखिन्छ । त्यस घटनावाट पाठ सिकेर जोखिमयुक्त ठाउँहरुमा सकभर घर नबनाउने घरहरु, वस्तीहरु बनाउदा खोलाभन्दा टाढा भीरको मुनी वा माथि जोखिमयुक्त हुने ठाउँहरुमा नबनाउने अर्को कुरा बस्ती बनाउदा वा घर बनाउदा त्यो ठाउँ बाढी, पैरो जोखिम होकी होइन सवै अध्ययन गरेर मात्र घरहरु बनाउनु पर्ने देखिन्छ ।



नेपालका वेला वेलामा बाढी, पैरोले मानिसको घर बगाएको, मानिसहरु बगाएको, चौपायाहरु बगाएको समाचार आउने गर्दछ । यस्ता घटनाहरु देशका बिभिन्न ठाउँमा घटिरहेका छन् । यस्ता घटनाहरु आउदा दिनमा घटना नदिन वेलैमा सम्बन्धित निकायहरुले दिर्धकालीन योजना बनाएर काम गर्नुपर्छ भने स्थानीय पनि स्वयम सचेत हुनुपर्छ ।

घटना घटिसकेर पछि पछुताउनु भन्दा समयमा नै होशियारी अपनाउनु बुद्धिमानी हुन्छ । विश्वमा भईरहेको वातावरणीय प्रतिकुलको असर नेपालमा पनि परेको छ । २०७१ सालको सिन्धुपाल्चोकमा आएको बाढी, पैरो २०७२ सालको महामारी भुकम्प, त्यसैगरी तराईका क्षेत्रमा बेला बेलामा बाढी पसेर डुबान हुने समस्या नेपालीहरुले भोग्नु परेका निक्कै दुखःदायी घटना हुन् ।
पाहाडी क्षेत्रमा बर्षायाममा खहरे खोलाहरु उर्लिदा कतिपय मानिसलाई खहरेले बगाएका घटना पनि बेला बखतमा हुने गरेका छन् । यि घटनाहरुवाट हामी नेपालीहरुले सुरक्षा पहिलो हो भनेर आम मानिसको सुरक्षा नीति बनाउनुपर्छ ।

त्यो भनेको व्यवस्थित वस्तीको अवधारणा बनाई नेपालको बसोबासलाई सुरक्षित सुविधयुक्त बनाउन ढिलो नगरीकन आजैवाट कार्यन्वयनमा लैजानुपर्छ । कहिलेकाही हुने यस्ता घटना छेउछाउमा बाढी र पैरोको कुरा एक तमासले गर्ने तर अन्य समयमा केही पनि नगरी बस्ने चलन नेपालका सम्बन्धित निकायको छ । भने अर्कोतर्फ घटना भएको छेउछाउमा आम नागरिकले पनि जोखिमयुक्त क्षेत्रमा घर बनाउन नहुने रहेछ भनेर गफ चै गर्ने तर केही समयपछि र्बिसेर फेरी उहि पुरानै तरिकाले पुरानै आफ्नो जग्गा जाहा रोड छेउछाउ छ । जाहा सजिलो लाग्छ त्यही बनाउने पछि के हुन्छ भनेर नसोच्ने जस्ता कामहरु हुदै आएकाछन् । त्यसैले सवै क्षेत्रवाट तदारुकता देखाई आउदा दिनमा यस्ता बाढी, पैरोवाट कुनैपनि मानवीय तथा धन जनको क्षति भएको सुन्न नपर्ने गरी काम गर्नु सम्बन्धित निकायको दाईत्व हो । त्यो काम सम्बन्धित निकायले गरोस् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend