जन आकाश
काठमाडौं।अमेरिकामा रहेका नेपाली मूलका प्राध्यापक कैलाश घिमिरेले “बालिका” बोलको गीत बजारमा ल्याएका छन्।
सज्जा चौलागाईंको स्वरमा रहेको गीतमा मोना घिमिरेले मोडलिङ गरेकी छन्। गीतको शब्द प्राध्यापक घिमिरेको हो। यो गीतमा घिमिरेले नारी शक्ति के हो भनेर सन्देश दिने प्रयास गरेका छन्।
यसअघि घिमिरेको ‘पुतली’, पसिनाले अरब सिच्दा,आमा लगायतका गीत सार्वजनिक भइसकेको छ। गणितका प्राध्यापक घिमिरे साहित्यमा समेत कलम चलाउँछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend