logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

आइसिसी पुरुष टी-२० विश्वकप अन्तर्गत पूर्वी एसिया-प्रशान्त उपक्षेत्रीय छनोट


  • जन आकाश
  • मंगलबार, भाद्र ४ २०८१

काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत पूर्वी एसिया-प्रशान्त उपक्षेत्रीय छनोट–ए अन्तर्गतको खेलमा समोआले इतिहास रचेको छ।



समोआका ड्यारियस भिसेरले पुरुष टी-२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान तोड्दा समोआले एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाउन सफल भयो।

भिसेरले भानुआटुका तीव्र गतिका बलर नलिनविरूद्ध खेलको १५औं ओभरमा कुल ३९ रन जोड्न सफल भए। ओभरमा उनले सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए। चौथो बल नो बल हुँदा उनले फ्रिहिटमा अर्को छक्का प्रहार गरे। पाँचौ बल डट भएको थियो। तर छैटौं बल फेरि नो बल भयो।

त्यसपछिको बल पनि नो बल हुँदा उनले छक्का प्रहार गरे। फेरि फ्रिहिटमा छक्का प्रहार गर्दा सो ओभरमा कुल ३९ रन बनाएको थियो। जसमा भिसेरले ६ छक्का प्रहार गर्दा ३ रन तीन वटा नो बलबाट प्राप्त भयो। यससँगै यसअघि एकै ओभरमा बनेको ३६ रनको कीर्तिमान भंग भयो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend