logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

‘रावायण’ मा पलको एक्सन


  • जन आकाश
  • शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । कुनै समय थियो नेपालमा लगभग नेपाली फिल्म एक्सन युग कथामा बन्ने गर्थे । तर, पछिल्लो समय ‘लुट’ र ‘कबड्डी’ जस्ता फिल्मले परम्परागत कथ्य संरचनाको सिलसिला भत्काएपछि सामाजिक कथाको बाढी आयो । केहि समय यसैमा भुलिरहेको नेपाली फिल्म फेरि एक्सनमै फर्किन थालेको देखिएको छ ।



अहिले एकपछि अर्को एक्सन फिल्म आइरहेका छन् । त्यसमध्ये एक हो, ‘रावायण’ । दुई साताअघि सार्वजनिक टिजरले फिल्म एक्सन प्रधान रहेको प्रष्ट पारेको थियो । बिहीबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ, जुन एक्सनले भरिएको छ । हिंसात्मक बाटो अपनाएको एउटा पात्रले प्रेमका लागि मच्चाएको वितण्ड र प्रेमको रक्षाका लागि अर्को पात्रले गरेको संघर्षलाई ट्रेलरले देखाउँछ । दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाह सशक्त एक्सन अवतारमा प्रस्तुत छन् ।

अभिनेत्री पूजा शर्मा टीभी पत्रकारको भूमिकामा छिन् । अर्की अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा देखिएकी छन् । ट्रेलरमा एक्सन दृश्यहरु सशक्त छन् । संवादहरु पनि वजनदार छन् । क्यानभास ठूलो छ । मेकिङमा मिहिनेत र खर्च झल्किन्छ । एक्सनप्रति रुचि हुने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्छ । ‘रावायण’ यही भदौ २१ गते अर्थात् तीज विदाबाट प्रदर्शन हुँदैछ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल, शर्मिला मल्ल लगायतको पनि अभिनय छ । एक गीतमा अभिनेत्री नीकिता चाण्डकको नृत्य गरेकी छन् । फिल्ममा सौरभ लामाको छायांकन शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, मिलन श्रेष्ठको सम्पादन एवं श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend