logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लिपमोटरको ‘सी१०’ ईभी नाडा अटो शोमा सार्वजनिक गर्ने भव्य तयारी


  • जन आकाश
  • आइतबार, भाद्र ९ २०८१

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक विक्रेतामा गोल्छा संगठनको सांग्रिला मोटर्स प्रालि नियुक्त भएको छ । सांग्रिला मोटर्स हाल नेपालमा सिट्रोन र प्युजो गाडीको आधिकारिक विक्रेता पनि हो ।



अब सांग्रिला मोटर्सले लिपमोटरको लक्जरी विद्युतीय सवारीसाधन (ईभी) नेपाली बजार ल्याउने तयारी गरिरहेको सांग्रीलाका बाण्ड हेरिरहनु भएका किरण श्रेष्ठले जानकारी दिएका छन् ।

 

सांग्रिला मोटर्सले ११–१६ भदौसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाडा अटो शोमार्फत लिपमोटरको (सी१०) मोडेलको ईभी सार्वजनिक गर्न लागेको हो ।

लिपमोटर स्टेलान्टिस अम्ब्रेला अन्तर्गतको कम्पनी हो, जसको प्युजो, सिट्रोन, जीप र फिएट गाडीको स्वामित्व रहेको छ ।

लिपमोटर सन् २०२४ सम्ममा बिक्रीका आधारमा चीनको चौथो ठूलो नयाँ ईभी स्टार्टअप कम्पनी हो । चीनमा बलियो उपस्थिति र युरोपमा बढ्दो पदचिह्नका साथ लिपमोटर अत्याधुनिक प्रविधि प्रयोग गर्ने कम्पनी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend