जन आकाश
काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न नयाँ मोडलहरू सार्वजिक गर्ने भएको छ । सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई नै लक्षित गरेर पन्च ईभी भित्र्याएको छ । भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल ल्याउन लागिएको कम्पनीका महाप्रबन्धक शेवन्तजंग सिजापतिले बताएका छन् । सिजापतिका अनुसार “नाडा अटो शोमा हामीले पन्च ईभी राखेका छौं । जुन भारतीय बजारमा एकदमै धेरैले रुचाएको र राम्रो बिक्री भइरहेको मोडल हो । त्यसैले यस वर्ष नाडामा हामीले यसलाई लन्च गर्ने तयारी गरेका छौं । यो गाडीको फिचर एकदमै राम्रो छ । हामीले यो गाडीको मूल्य भने नाडा अटो शोमा नै सार्वजनिक गर्ने तयारी गरेका छौं । एक्च्युअल्ली, टाटा डट ईभी प्रेजेन्ट मार्फत नाडा अटो(शो’ गदैछौं। त्यसबाहेक टाटाको चर्चित मोडल टियागो पनि नाडा अटो शोमा रहन्छ । मुख्य आकर्षणमा यी दुई मोडल राख्ने सोचेका छौं । त्यसबाहेक बजारमा चलेका अन्य मोडलहरू पनि हुन्छन् ।
नाडा अटो शोमा सिप्रदीले विशेष अफर पनि राख्ने
सिजापतिले जानकारी दिदै भने, “अफरको हकमा हामीले हाम्रो कस्टमरहरूलाई जे अफर गरिरहेको हुन्छौं त्यो नै सबैभन्दा बेष्ट हो । सेल्स, सर्भिस र चार्जिङ नेटवर्कमा हामीले हाम्रो कस्टमरलाई कम्प्लिट प्याकेज नै अफर गर्ने हो । नाडा अटो शोमा पनि अझै यसलाई वेटर गर्ने कोशिस रहन्छ । त्यसबाहेक पन्च लन्च भइसकेपछि हामीले अन्य अफर के कति दिन सक्छौं त्यो नाडा अटो शोमा नै थाहा हुन्छ ।
सिजापतिको विचारमाः ईभीको मार्केट नेपालमा बढ्दो छ । पेट्रोल गाडीबाट बिस्तारै बजार सिफ्ट भएर ईभीतिर आउँदैछ । हामी विगत २ वर्षदेखि निरन्तर नेपालको नम्बर वान ब्राण्डको रूपमा स्थापित भएका छौं । र, पन्च जस्तो मास मार्केट प्रोडक्ट ल्याएपछि अझै हाम्रो पोजिसन राम्रो हुनेछ ।
सिजापतिले सिप्रदीको वारेमा जानकारी दिदै भनेका छन् , “सिप्रदीको के छ भने हामीबाट तपाईंले गाडी लिनुभएको छ अथवा तपाईं हाम्रो गाडी लिन चाहानुहुन्छ भने तपाईंले लिएर आएको गाडीमा भ्यालु एड गरेर पुरानो लिएर हामी नयाँ दिन्छौं । त्यसलाई एक्सचेन्ज गर्नका लागि हामीसँग इनहाउस एक्सचेन्ज सुविधा नै उपलब्ध छ । दोस्रो कुरा सर्भिस हो । यो चाहिँ सबै कन्जुमरहरू आफै पनि अलि प्रोएक्टिभ हुनुपर्छ । हाम्रो पूर्वदेखि पश्चिमसम्म विभिन्न स्थानमा सर्भिस सेन्टरहरू छन् । जहाँ पूर्णरूपमा हामीले दिने सेवा सुविधा दिइरहेका हुन्छौं । त्यसैले टाटामा यो समस्या पनि छैन । र, अर्को भनेको ब्याट्रीको कुरा । नेपालमा आफैले ब्याट्री डागोनोस्टिक एण्ड रिपेयर गर्ने हामी मात्रै एक हौं, जुन बागडोलमा छ । हाम्रो ब्याट्री टेक्नोलोजीलाई मर्मत गर्न र त्यसलाई नेपालभित्र नै कसरी रिपेयर एण्ड मेन्टेनेन्स गर्न सकिन्छ त्यो गर्नका लागि हामीले एक डागोनोस्टिक सेन्टर नै खोलेर राखेका छौं । टाटाको सबै ईभी गाडीको ब्याट्री मर्मत हामी त्यहीबाट गर्छौं । त्यसैले अन्य ब्राण्डहरूमा यी समस्या भए पनि टाटामा यस्ता समस्या छैनन् ।
सिप्रदी नेपालका लागि टाटा मोटर्स लि. को वितरक रहेको सिप्रदी ट्रेडिङले अटो क्षेत्रका ग्राहकहरुको मन र विश्वास जित्न सफल छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend