logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शान्तिश्री र कृष्णको स्वरमा “राधा पियारी” सार्वजनिक


  • जन आकाश
  • आइतबार, भाद्र ९ २०८१

काठमाडौं । “राधा पियारी” बोलको गीत शुक्रबार सार्वजनिक भएको छ।



ओएसआर डिजिटलको युटयुबमा सार्वजनिक गीतमा शान्तिश्री परियार र कृष्ण बि.कको स्वर छ। भिडिओमा पल शाह र मलिका महत फिचर्ड छन्।

डान्सिङ शैलीको यो प्रेमगीतको शब्द कृष्ण बिक स्वयंको हो। यसको भिडिओमा सहकारी ठगीको कथा उठान गरिएको छ। जि.बि आग्रीले भिडिओको निर्देशन गरेका हुन्।

सञ्जय विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओमा अर्जुन तिवारीको डिओपी, मनोज खत्रीको सिनेमाटोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend