जन आकाश
काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दैछ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार ३ बजे खेल सुरू हुनेछ। नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो।
समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो। घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपालले आज सेमिफाइनल खेल्नेछ । भुटान समूह बी को उपविजेता हो।
समूह बी बाट भुटान माल्दिभ्सलाई हराउँदै सेमिफाइनल पुगेको हो। समूह चरणमा भारतसँग भने पराजित भएको थियो सेमिफाइनलको अर्को खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend