जन आकाश
नेपालमा हरेक वर्ष हुने अटो शो नाडा अटो मोबाइल्स एशोशिएसन अफ नेपालले गर्दै आएको छ । कोभिड माहामारीको २ बर्ष र अन्य कुनै त्यस्तै समयमा मात्र हुदैन । नभए प्रत्येक वर्ष अटो शो हुने गर्दछ । त्यस नाडा अटोमोबाईल्स एशोशिएसन अफ नेपाल संस्थामा आवद्ध करिव १००० सदस्यहरुमा धेरैजति टे«डिङ कम्पनीहरु छन् । केही मात्रमा पछिल्लो समय ल्यूव वेल, अर्थात मोविल कम्पनी र स्पेयर पार्टसहरु, टायरहरु नेपालमा उत्पादन हुने गरेका छन् । नेपालको राष्ट्रिय उद्योगको रुपमा रहेको गोरखकाली टायर बन्द भएको दशकौ भईसकेको छ ।
तर यतापर्टी फर्केर हे¥यौ भने नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालले आयोजना गर्ने अटो शोमा नेपालका बाहालवाला अर्थमन्त्रीहरु प्रमुख अतिथि हुने गरेका छन् । उनिहरुले प्रत्येक अटो शोमा नेपालमा उत्पादित वस्तुहरुको प्रयोग नेपालले पनि नयाँ प्रविधिमा लगानी गर्ने कुरा गर्ने गरेका छन् । त्यसो त डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको वेलामा मुस्ताङ मोटर नेपालमा नै उत्पादन गरेर नेपाल पनि आधुनिक युगमा गएको सन्देश दिने गरी मुस्ताङ गाडी चढेर देखाएका थिए ।
त्यो मुस्ताङ मोटर यतिवेला कहाँ छ कसैले खोजि गरेको अवस्था छैन । नाडा अटो मोबाइल्स एशोशिएसनमा अध्यक्षको जिम्मेवारी संगाल्न आउने हरेक अध्यक्षहरुलाई यसै पत्रिकाको प्रधान सम्पादक मोहन कार्कीले नेपालमा अटो उद्योगकको लागि कति सम्भावना छ भनेर सोध्ने गर्नुभएको छ । धेरै जति नाडामा निर्वाचित अध्यक्षहरुले नेपाल सरकारले वातावरण बनाईदिने हो भने अटो अद्योगमा लगानी गर्न हामी तयार छौ भन्दै आएका छन् ।
तर दशकौ बित्दासमेत सरकारकाले वातावरण नबनाएको हो वा व्यवसायीहरुले चासो नदेखाएका हुन् । नेपालमा अटो उद्योगको विकास नहुनुमा यो प्रश्न विचारणीय भएको छ ।
यो विषय पक्कै पनि अहिलेका अर्थमन्त्री जो समाजवादी व्यवस्थामा पुग्ने सपना देखेको पार्टीका छन् । तिनै अर्थमन्त्रीले अटो उद्योगको विषयमा सोच्लान् ! उद्योग मन्त्रीसँग सल्लाह लेलान् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग त्रिपक्षिय छलफल गर्लान् यतिवेला आम नयाँ आयम चाहने युवाहरुको विश्वास छ । साच्चै देशको नेतृत्व गर्ने सम्बन्धित निकायहरुले चाहने हो अटो उद्योग नेपालमा स्थपना नहुने कुरै छैन । दक्षिण कोरियाले हुण्डाई गाडी उत्पादन गरेर गरेको विकासलाई लिन सकिन्छ । त्यसर्थ सोचेर अटो उद्योगको विकासमा लाग्ने हो भने नेपालमा थुप्रै खाली जमिनहरु प्रशस्त छन् ।
त्यस्ता क्षेत्रहरुमा अटो उद्योगको लागि वातावरण सरकारले बनाउने र लगानीकर्ताले लगानी गरेर अटो उद्योगको स्थापना गर्ने नेपालमा सवारी साधनको उपभोग बढ्दो छ । विशेष गरेर विद्युतिय सवारी साधन नै नेपालले उत्पादन गर्नु उचित हन्छ । नेपालमा उर्जा अर्थात बिजुली पनि प्रशस्त छदैछ । त्यसमा सहुलियत दिएर भएपनि नेपालमा अटो उद्योग स्थापना गर्न सक्ने हो भने दिनहु लाईन बसेर नेपाली युवायुवतीहरु विदेशमा काम गर्न जान पदैनथियो ।
यस्ता गहन विषयमा कस्ले सोचेको छ ? नभए वर्षैपिछे विदेशी गाडी अर्थात सवारी साधन नयाँ नयाँ मोडलका नेपाल भित्र्याउने नेपालले मरीमरी कमाएको पैशा सवारी साधन खरिद गर्न विदेश पठाउने काम वाहेक अरु हुन सक्दैन । त्यसैले नेपालमा अटो उद्योग छिटो भन्दा छिटो स्थापना गर्नु आजको आवश्यकता छ । सम्बन्धित निकायको ध्यान पुग्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend