जन आकाश
सावित्री बस्नेत (सबु)
काठमाडौं । भनिन्छ पढ्नलाई उमेरले छेक्दैन् । काठमाडौंको तारकेश्वर नगरपालिका वडां ९ स्थित मनमैजु महिला विद्यालयले बाल्य अवस्थामा पढ्ने इच्छा हुदा हुदैं पनि पारिवरिक तथा आर्थिक समस्याका कारण पढ्नबाट बञ्चित महिला दिदी बहिनी तथा आमाहरुलाई पढ्ने रहर पूरा गरी दिएको छ ।
यस विद्यालयमा कक्षा एकमा अध्ययनरत ७० वर्षिया विष्णु माया सापकोटा भन्नुहुन्छ । “पढ्नलाई उमेरले छेक्दैन रहेछ । मलाई पढ्ने ठूलो रहर थियो । पहिला पढ्न पाइयन । छोरा छोरी पढाई सकि अब मलाई पनि छोरा छोरीले पढाउछन् ।” सापकोटाले भन्नुभयो । उहाँका अनुसार स्कूल आए पछि सहि गर्न र पढ्न सक्ने भएको छु ।
विद्यालयमा करिव २०० जना विद्यार्थी अध्ययनरत छन् । महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्जवल अधिकारीका अनुसार यस विद्यालयमा अध्ययनरत महिला आमा दिदिबहिनीहरुका लागि सिलाईकटाई तालिम समेत दिई उनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पढाईसँगै सिलाई तालिम दिएको बताएका छन् ।
विगत वर्षहरुमा विद्यालयको भौतिक संरचनाहरुको राम्रो व्यवस्था नभएका कारण विद्यालयमा शिक्षक विद्यार्थीहरु शौचालयमा समेत घण्टौँ लाइन बस्न पर्ने अवस्था थियो । अहिले शौचालयको थप व्यस्था भए सँगै हामीलाई सहज भएको एक विद्यार्थी बताउछन् । यतिवेला निक्कै नै सुविधायुक्त भवनमा व्यवस्थापन राम्रो बनाई अपाङगमैत्री समेत बनाएको त्यस विद्यालयका अध्यक्षको भनाई छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend