logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चीनबाट आयात हुने ईभीमा १०० प्रतिशत कर लगाउने


  • जन आकाश
  • मंगलबार, भाद्र ११ २०८१

काठमाडौं । क्यानडाले चीनमा बनेको इलेक्ट्रोनिक गाडी (ईभी)को आयातमा १०० प्रतिशत शुल्क (कर) लगाउने घोषणा गरेको छ । स्टील र आल्मुनियमको आयातमा पनि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ ।



यो अमेरिका र युरोपीय युनियनले लगाएको शुल्क समान हो । अमेरिकाले मेमा चीनबाट आयात हुने ईभीको कर चार गुणा बढाएर १०० प्रतिशत पुर्‍याएको थियो ।

लगतै ईयूले पनि चीनबाट आयात हुने ईभीमा ३६.३ प्रतिशतसम्म शुल्क लगाउने घोषणा गर्‍यो । क्यानडाले पनि त्यससँग मिल्ने गरी शुल्क तोकेको हो । ईभीमा बढेको शुल्क १ अक्टोबरबाट तथा स्टील र आल्मुनियमको शुल्क १५ अक्टोबरबाट लागू हुनेछ ।

क्यानडाले तोकेको नयाँ शुल्क चीनको सांघाईमा उत्पादन हुने टेस्लाको गाडीमा समेत लागू हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend