logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नाडा अटो शो आजवाट भृकुटीमण्डपमा शुरु


  • जन आकाश
  • मंगलबार, भाद्र ११ २०८१

मोहन कार्की।
काठमाडौ । नाडा अटो शो आजवाट भृकुटीमण्डपमा भव्यताका साथ शुरु भएको छ । प्रत्येक वर्ष नाडा अटोमोवाल्स एशोसिएसन अफ नेपालले आयोजना गर्दै आएको छ । यस वर्षपनि नाडा अटोमोवाईल्स एशोशिएसन अफ नेपालले नै अटो शो आयोजना गरेको हो ।



नेपालमा इलेक्ट्रिक अर्थात विद्युतिय सवारी साधनरुको आकर्षण बढ्दो छ । नाडा अटो शोमा पनि त्यस्तै देखिएको छ । अटो शो को अवसर पारेर सिप्रदी ट्रेडिङले पन्च ब्राण्डको सवारी साधन भव्यतका साथ सर्वजनिक गरेको छ ।

त्यसैगरी साग्रीला मोटर्सले लीप मोटर, पायोनियरले जिकर, इको मोटर्सले गो नाउ जस्ता नयाँ नयाँ ब्राण्डहरु स्टलमा राखेका छन् । विशेष गरेर पुरानै कम्पनीहरुको बर्चश्व रहेको अटो शो मा सिजी ग्रुप, विशाल गु्रप, त्रिवेणी गु्रप, शारदा गु्रप लगायतको सहभागिता रहेको छ । बिवाईडी सवारी साधनको आधिकारिक बिक्रेता साईमेक्स इंक लगायतका सवारी साधनहरु सटलमा राखेका छन् ।

त्यसैगरी लुविक्रेट, टायर लगायतका स्टलहरु अटो शोमा छन्् । यतिवेला भृकुटीमण्डपमा भईरहेको अटो शोमा आएका मानिसहरुको घुइचोका कारण महेन्द्र पुलिस क्लब अगाडी ट्राफिक जाम समेत हुन थालेको छ । उक्त अटो शो भाद्र १७ गतेसम्म चल्ने नाडाको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend