logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामप्रसाद खनालको मौलिक तिज गीत सार्वजनिक


  • जन आकाश
  • मंगलबार, भाद्र ११ २०८१

काठमाडौँ । वरिष्ठ लोकगायक रामप्रसाद खनालको तिज गीत सार्वजनिक भएको छ ।



मौलिक दोहोरी शैलीमा तयार गीतमा रामप्रसाद खनाल, राजु परियार, नवीन पौडेल, कमला पोखरेल , प्रतिमा विश्वकर्मा, मिना लामा, मञ्जु बिक, यमप्रसाद न्यौपाने, दीपिका लगायतको स्वर रहेको छ ।

बिदेसिएका युवा र उसका बाबुआमाको पीर र समस्या देखि सामाजिक सञ्जालसम्मको प्रभावसम्मका विषय गीतमा उठाइएको छ ।

गीतको शब्द तथा सङ्गीत रामप्रसाद खनालले लेखेका हुन् । गीतमा पत्रकार घर बिगार्ने र कलाकार चर्चितकला देखाउने व्यक्तिका रूपमा उल्लेख गरिएको छ । गीतको एरेन्ज पनि रामप्रसाद खनालले नै गरेका हुन् ।

गतिको भिडियो पनि बनेको छ । रामप्रसाद खनालकै निर्देशन रहेको भिडियो छायाङ्कन तथा सम्पादन तारकान्त बिकेले गरेका हुन् । भिडियोमा गायक गायिकालाई लाइभ दोहोरी शैलीमा गीत गाउँदै गरेको देखाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend