logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जिकर एक्स नाडा अटो शोमा सार्वजनिक के छन् यसका विशेषता


  • जन आकाश
  • बुधबार, भाद्र १२ २०८१

 



काठमाडाैं । चिनियाँ ब्रान्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड ‘जिकर एक्स’ नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले जिकर ब्रान्ड लन्चसँगै एक्स मोडेल प्रदर्शन गरेको हो ।

 

टु ह्विल ड्राइभ र फोर ह्विल ड्राइभ अप्सनमा जिकर एक्स नेपाल ल्याएको हो । कम्पनीले टु ह्विल ड्राइभ भेरिएन्टको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ । फोर ह्विल ड्राइभ भर्सनको मूल्य १ करोड ४९ लाख रहेको छ ।

त्यस्तै रियर ह्विल ड्राइभमा २०० किलोवाट र अल ह्विल ड्राइभमा ३ सय १५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर भएकाले मूल्य अन्तर भएको हो । ४ सय ४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend