logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“एक्टर”को नयाँ पोस्टर सार्वजनिक


  • जन आकाश
  • बिहिबार, भाद्र १३ २०८१

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म “एक्टर” टेक वानु को पोस्टर सार्वजनिक गरिएको छ।



निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता प्रदीप खड्कालाई मात्र देखाइएको छ। पोस्टरमा उनी क्यारेक्टर लुक्समा छन्। लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको देखिन्छ। कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ। तर प्रष्ट भने छैन।

निर्माण पक्षले यो फिल्मको कथा खुलाएको छैन्। राजन भुसालको निर्देशन रहेको फिल्ममा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारहरूको अभिनय छ। अभिनेता खड्काले फिल्मको पर्दामा आना र दिव्यासँग पहिलोपटक सह-कार्य गरेका हुन्।

फिल्मको कथा आकाश बराल र निर्देशक भुसाल स्वयंले लेखेका छन्। थम्मन कुमार भण्डारी फिल्मका निर्माता हुन्। फिल्मलाई लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend