logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आजबाट हलमा लाग्यो फिल्म “वर एण्ड वधु”


  • जन आकाश
  • शुक्रबार, भाद्र १४ २०८१

काठमाडौं । शुक्रबारदेखि मिलन चाम्स निर्देशत फिल्म “वर एण्ड वधु” प्रदर्शनमा आएको छ। अभिनेत्री आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको शीर्ष भूमिका रहेको फिल्म आजबाट देशभरका हलमा लागेको हो।



सुखद् शो सहित प्रदर्शन आरम्भ गरेको फिल्ममा आँचल र विवेकसहित विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त लगायत कलाकारहरूको अभिनय छ।

“सकम्बरी” गीतबाट उदाएकी कुसुम शर्माको यो पहिलो फिल्म हो। प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको निर्माता जानुका थापा हुन् । २ घण्टा २० मिनेटको फिल्मलाई रोमान्टिक–ड्रामा जनरामा राखिएको छ। पोखरा र काठमाडौंमा गरिएको प्रिमियरमा यो फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend