जन आकाश
काठमाडौं । हरेक वर्ष “बिच्च बिच्चमा” को नयाँ श्रृंखला ल्याउँदै आएका दुर्गेश थापाले यसको सातौं श्रृंखला सार्वजनिक गरेका छन्।
उनले शुक्रबार आफ्नै शब्द, संगीत र स्वरमा “बिच्च बिच्चमा ७– रिसको बेलामा” रिलिज गरेका हुन्। यो गीतलाई शहस शाक्यले एरेन्ज गरेका छन्। रिसको बेलामा रिलिज गर्दै दुर्गेशले “बिच्च बिच्चमा”को श्रृंखलालाई बिट मारेको समेत घोषणा गरेका छन्।
उनको हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा गीतले निकै चर्चा पाएको थियो। सो गीत दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म “छ माया छपक्कै” को प्रमोशनमा समेत प्रयोग गरिएको थियो।
बिच्च बिच्चमाका श्रृंखलालाई लिएर दुर्गेश विवादित समेत बन्दै आएका थिए। उनले अब उट्पट्याङ गीत नगाउने समेत घोषणा गरिसकेका छन्।
नयाँ गीतमा दुर्गेश स्वयं फिचर्ड छन्। साथमा पेमा लामा, तारा बोहरा, सन्ध्या क्षेत्री, प्रियांशु शर्मा लगायत देखिएका छन्।मौसम हिमालीले भिडिओको कोरियोग्राफी गरेका हुन्।
दुर्गेशको कामको कुरा गर्दा उनले पछिल्लो समय फिल्म “ह्स्व दीर्घ” का लागि गीत तयार पारेका थिए। उनको शब्द, संगीत र मोडलिङमा गत महिना “झुम्का हरायो” गीत पनि रिलिज भएको थियो ।
दुर्गेश भने यतिबेला तीज विशेष कार्यक्रमको शिलशिलामा अस्ट्रेलियामा छन्। “बिच्च बिच्चमा ७” को भिडिओ डि सिरिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
“
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend