logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष डीसीद्वारा पदभार ग्रहण


  • जन आकाश
  • सोमबार, भाद्र १७ २०८१

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले सोमबार पदभार ग्रहण गरेका छन् ।



उनले आइतबार सञ्चारमन्त्रीबाट नियुक्तिपत्र लिएसँगै सोमबार बोर्डको कार्यालयमा पुगेर विधिवत भदभार ग्रहण गरेर काम थालेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि चिनिन्छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend