logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

साफ यू-२० को उपविजेता नेपाली खेलाडीलाई जनही ५० हजार पुरस्कार


  • जन आकाश
  • मंगलबार, भाद्र १८ २०८१

काठमाडौं । एन्फा कम्प्लेक्समा भएको साफ यू-२० च्याम्पियनसिप २०२४ को उपविजेता बनेका नेपालको यू–२० राष्ट्रिय टोलीका खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन्।



एन्फा बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार दिने निर्णय गरेको थियो । यस्तै कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई पनि दिने निर्णय भएको थियो। जसबाट कुल आम्दानीको २० प्रतिशत अर्थात एक खेलाडीले १५ हजार ४० रुपैयाँ बराबरको रकम प्राप्त गरेका छन्।

योसँगै एक खेलाडीले कुल ६५ हजार ४० रूपैयाँ प्राप्त गरेका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन्। टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई पनि २५ हजार रुपैयाँ प्रदान गरिएको छ।

यससँगै यू-२० टोलीका लागि कुल पुरस्कार १६ लाख ४५ हजार ९२० रूपैयाँ रह्यो । एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा बंगलादेशसँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend