logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

“कार्साङ्” फिल्मको प्रदर्शन मिति घोषणा


  • जन आकाश
  • बुधबार, भाद्र १९ २०८१

काठमाडौं । शेर्पा संस्कृतिमा आधारित फिल्म “कार्साङ्” प्रदर्शन मिति घोषणा गरिएको छ।



निर्माताले बुधबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै  रिलिज मिति घोषणा गरेका हुन्। यम शेर्पाको निर्देशन रहेको यो फिल्म पुस २६ गते रिलिज हुनेछ।

सार्वजनिक फर्स्टलुकमा फिल्मका शीर्ष दुई कलाकार दयाहाङ राई र सिर्जना निङ्लेकु छन्। घरको पृष्ठभूमिमा दयाहाङ सुरूवाल मात्र लगाएर उभिएका छन्। हिलो लागेको सुरूवालमा रहेकान उनी कसैसँग झगडा गरेको देखिन्छ। उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छेउमा रोइरहेकी छन्।

निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद रहेको यो फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, रविन्द्र झा, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ। बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गरेका छन्।

यो फिल्मको छायांकन अघिल्लो हप्ता मात्रै छायांकन सकिएको थियो। फिल्मलाई सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन्। प्रधान फिल्मका निर्माता समेत हुन्।

गोविन्द बोहरा सह–निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend