जन आकाश
नेपाल वायु सेवा निगम हवाई क्षेत्रको लागि नै स्थपना भएको सस्था हो । यस संस्थाले नेपालको हवाई क्षेत्रको बृद्धि विकासमा काम गरिरहेको भनेर वेला वेलामा त्यस निगमको वार्षिकोत्सवमा बताउने गरिएको छ । जहा तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री त्यस कार्यक्रममा सहभागी हुने गरेका छन् । तर केही ठाउँमा जस्ता पोखरा, भैरवा विमानस्थल विस्तार गरेको भएपनि धेरैवटा एयरपोर्टहरु सञ्चालनलमा छैनन् । जति विगतमा थिए ।
त्यही वायु सेवा निगम भित्रको बेतिथि भने झागिदै झागिदै सिस्नु घारी भन्दा पनि जकडिएर बसेको छ । त्यस निगम भित्र बस्ने केही कर्मचारीहरुको लागि निगम लैनो गाई झै भएको छ । ईमानदार कर्मचारीलाई भने राष्ट्रको सम्पति प्रति भएको अनियमियतता देख्दा पिरले सताउने गरेको छ ।
नेपाल र थाईल्याण्डले एकैपटक शुरु गरेको हवाई सेवा आज थाईल्याण्डको वायु सेवाले संसारभर उडान भरेर प्रगति गरिरहेको छ । थाईल्याण्डसँग झण्डै २०० हाराहारीमा हवाईजाहजहरु रहेका छन् । नेपालसँग भने दुईवटा वोइग, दुईवटा एयरवस केही थान टुइन्टर रहेका छन् । त्यसमा पनि नेपाल एयरलाइन्सका जाहाज जव दशै–तिहार, छठ, नेपा सम्बत जस्ता नेपालका मुख्य पर्व र विदेशीहरु नेपाल घुम्न आउने पर्यटन सिजन हुन्छ । त्यतिवेला नेपाल वायु सेवा निगमवाट सञ्चालित विमानहरु ग्रउडेड हुन्छन् । बनाउने वहानामा, बिग्रको वहानामा यसरी ग्राउण्डेड हुदै आएका छन् ।
यसको खोजविन गरी जकडिएर रहेको वायुसेवा निमगको फोहोर अन्त्य गर्न आवशयक छ । जव पर्यटन सिजन शुरु हुने वेलामा हवाई क्षेत्रमा काम गरिरहेका केही जिम्मेवार व्याक्तिहरुले नीजि कम्पनीहरुसँग मिलेमत्तो गरेर नेपाल वायु सेवा निगमसँग भएका जाहाजहरु ग्राउण्डेड गराउन अप्रत्यक्ष अवैध लेनदेनको कार्य गर्छन् भन्ने हल्लाहरु सुन्नमा आउने गरेका छन् । विगत देखि अहिलेसम्म आईपुग्दा सिजनको वेलामा वायु सेवा निगमका हवाईजाहजहरु ग्राउण्डेड हुने, बिग्रने समाचार आउने र सिजनको वेला नीजि कम्पनीहरुले मिनेट मिनेटमा हवाई यात्रु बोकेर पैशा कमाइरहदा वायु सेवा निगमका जाहाज भने एयारपोर्टको पेप्सीकोला साइड पर्टीको चौरमा घाम तापेर बसेका हुन्छन् । त्यो अरुले निगमका महत्वपूर्ण पोष्टमा बस्ने कर्मचारी लगाएको आरोप ति ग्राउण्डेड भएका जाहाज र सिजनको वेला छिन छिनमा यात्रु बोकेर पैशा कमाउने नीति हिवाई जाहाज देख्दा मिल्दो जुल्दो छ ।
झनै अहिले पछिल्लो मन्त्रीले त कमिशन आउने वाहेकका कुनै पनि कामहरु नगर्ने भन्ने हल्लाहरु बजारमा व्याप्त छन् । यता बजारमा सस्कृति, पर्यटन मन्त्रीप्रति आरोप कमिशनको खेलमा भन्ने हल्ला हुनु र अर्कोतर्फ एकैपटक हवाई जाहाजहरु ग्राउण्डेड हुनुले कतै हावा नचलि पात हल्लिदैन भने उखान चरितार्थ त भएको होइन ।
हुनत नेपालमा विरोध गर्न, आरोप लगाउन कसैले कसैलाई छोडेकै हुदैनन् तर कतिपय यस्ता घटनाहरु हुन्छन् । सत्य देख्दा देख्दै पनि कारवाही हुदैनन् । कतिपय यस्ता घटना हुन्छन् । माफियाहरुको स्वार्थ पुर्ति भएन भने कुप्रचार गरेर असल कर्मचारीलाई सरुवा कारहवाही गर्ने सम्मका कामहरु हुने गरेको यहि नेपालका हुदै आएको छ ।
त्यसर्थ नेपाल वायु सेवा निगमका हवाई जाहाजहरु सिजनको वेला ग्राउण्डेड गराउनु नीतिगत, प्राविधिक, कारणहरु ठिक हुनकि होइनन् ? विगत देखिनै नेपाल वायु सेवा निगमलाई लैनौ गाई बनाउने कुविचार बोकेका केही माथिल्लो पोष्ठका कर्मचारीहरु र मन्त्रालय मिलेर गर्ने गलत कामलाई रोक्न प्र¥यास गर्नुपर्छ र त्यस्ता गलत काम गर्ने कर्मचारीहरुलाई तत्कालको तत्कालै कारवाही गर्न पछि हट्नु हुदैन । यसरी नेपाल वायु सेवा निगमको बेतिथिलाई हटाएर अन्तराष्ट्रियस्तरमा नै ख्याति कमाउने काम गर्न नेपाल वायु सेवा निगम बनाउन तत्परता देखाउने नेतृत्व त्यस मन्त्रालयमा आउनु पर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend