जन आकाश
काठमाडौं । पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा हिट गीत दिने गायकका रूपमा परिचित भएका सुमन बिटी गीत सङ्गीत क्षेत्रका एक उदाहरणीय व्यक्ति हुन् । उनले गाएका दर्जनौँ गीतहरू निकै लोकप्रिय बनेका छन् । उनका केही गीतले नेपाली साङ्गीतिक बजारमा इतिहास समेत रचेका छन् ।
उनको ओरिजिनल नाम सुमन बयलकोटी हो । तर गीत संगीतमा लागेपछि उनले बयलकोटी थरलाई सटकटमा बिटी बनाए । अहिले सुमन बिटी नामबाट चिरपरिचित छन् ।
धादिङ जिल्ला गल्छि गाउँपालिका वडा नं.३ कल्लेरिमा माता तारा बयलकोटी र पिता सिताराम बयलकोटीको कोखबाट जन्मेका चर्चित गायक तथा सर्जक सुमन बिटी अहिलेका चर्चित एवं लोकप्रिय गायकको सूचिमा पर्दछन् । उनै गायकले गीत सङ्गीत क्षेत्रबाट आफूलाई मात्र चिनाएका छैनन् आफ्नो आवाजबाट धादिङ जिल्लालाई नै चिनाएका छन् अझै पनि गायक सुमन बिटीे भन्ने बितिकै दर्शकले धादिङ जिल्लाको सुमन बिटी हो भन्ने बुझछन् । आफ्नो ठाउँ जिल्लालाई मात्र नभएर सुमन बिटी नामले सिङ्गो देशलाई नै चिरपरिचित बनाएकाछन् । यो नै उनको जीवनको ठुलो सफलता हो ।
विगत लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा लागेका सुमन बिटीको पहिलो गीत “ रातो डोरी सिरैमा तिमी र जाम माया” थियो । सोही गीत करोड क्लबमा समेत पुग्न सफल भयो । उनको यो गीतले छोटो समयमै व्यापक चर्चा पायो, गीत जताततै गुन्जिन थाल्यो र सुमन बिटी भनेर दर्शकले चिन्न थाले । अपार दर्शकको माया गीतको सफलतासँगै सुमन बिटीको साङ्गीतिक यात्रा सुरु भयो ।
गीत सङ्गीत क्षेत्रमा धेरैको रुचि हुन्छ धेरै मानिसहरू गीत सङ्गीतमा लागेका पनि छन् । कतिले सफलता पाएका छन् कतिले पाएका छैनन् । तर गायक सुमन बिटीले भने गीत सङ्गीत क्षेत्रमा मेनहत, सङ्घर्ष गरे अनुसार सफलता पाएका छन् । उनै लोकप्रिय गायक भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्ने गर्दछन् त्यसैले त गीत संगीतमा सफलता पाएका छन् ।
“रातो डोरी सिरैमा तिमी र म जाम माया” गीतबाट आफ्नो साङ्गीतिक जीवनमा फड्को मारेका सुमन बिटीका अहिले दर्जनौँ गीतहरू बजारमा सार्वजनिक भइसकेकाछन् । भने सबै गीतले अपार दर्शक श्रोताको माया पाएका छन् । उनको पहिलो गीत “रातो डोरी सिरैमा तिति र म जाम माया” थियो सोही गीतले साङ्गीतिक बजारमा एक छत्र राज नै ग¥यो उनको दोस्रो गीतले पनि आम दर्शकको मन जित्न सफल भयो । अहिले पछिल्लो समय हेर्ने हो भने बिटीका सबै गीतले सफलता पाएका छन् । अब उनको आवाजमा रहेको महँगो लगानीको गीत “सान्नानीलाई कस्तो छ” बजारमा सार्वजनिक हुँदै छ यो गीतबाट गायक सुमन बिटिले दर्शक श्रोताको धेरै माया पाउने अपेक्षा राखेका छन् ।
पछिल्लो समय गायक सुमन बिटी आफ्नो गीतमा अभिनय समेत गर्न थालिसकेकाछन् गीत रेकर्ड, लाइभ दोहोरी, मेला महोत्सव मात्र नभएर सुमन बिटी मोडलिङमा पनि उतिकै व्यस्त देखिन्छन् । उनले नेपाली गीत सङ्गीत क्षेत्रमै एक सफल गायकको रूपमा आफूलाई स्थापित गराइसकेकाछन् ।
सुमन बिटीको बारेमा ।

आफ्नो ओरिजिनल नाम सुमन बयलकोटी भएता पनि साङ्गीतिक क्षेत्रमा भने सबैले उनलाई सुमन बिटी भनेर चिन्छन् । उनले आफ्नो थरलाई बयलकोटीबाट बिटी बनाए । किनकी सुमन बयलकोटी नाम उचारण गर्न अली अप्ठयारो हुने भएकाले,आफ्नो नाम सर्बैको मु्खमा झुन्डियोस भनेर उनले सुमन बयलकोटिबाट आफ्नो थरलाई सुमन बिटी बनाएका हुन् । अहिले सुमन बिटी नाम साङ्गीतिक क्षेत्रमा चिरपरिचित छ ।
उनलाई कक्षा ८ मा पढ्दै गर्दा गीत सङ्गीत प्रति धेरै रुचि हुन थाल्यो अनि उनले गीत संगीतमा केही गर्छु भनेर गाउन सुरु गरे । उनको गाउँको पढाइ एसएलसी सम्मा रयो र काठमाडौ आएर संगीतका औपाचारिक शिक्षा लिदै दिउँसोमा शिक्षण पेसा,आफ्नो रोजिरोटीको लागि रातिमा बिभिन्न लाउन्जबार,दोहोरी साझ,बरगर हाउसहरुमा साङ्गीतिक प्रस्तुती दिदै साङ्गीतिक क्षेत्रमा अगाडी बढ्न थाले । तर साङ्गीतिक व्यस्थाताका कारणले भने शिक्षण पेशालाई अगाडी बडाउन सकेनन् तर गीत सङ्गीतमा भने अगाडी बडी रहे ।
उनले बिगतका दिनमा गीत सङ्गीतमा धेरै सङ्घर्ष र मेहनत गरेकाछन् । उनको परिवारमा गीत सङ्गीतमा लागेका र गीत संगीतलाई बुझेका कोही पनि थिएन्न् उनको मेहनत र संघर्षले नै गीत सङ्गीतमा सुमन बिटी नामले सर्वाधिक दर्शकलाई चिनाए ।
सबै बिधाका गीतहरू गाउन रुचि राख्ने स्वभाव भएका सुमन बिटी,सबै बिधाका गीत गाउन सक्ने आवाज भएकाले भर्साटाइल गायकको रूपमा चिनिएकाछन् । अहिले सुमन बिटीका सबै बिधाका गीतहरु बजारमा सुन्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend