जन आकाश
काठमाडौं । पुख्यौली थलो सरहा करजन नगर पालिका वडा नं. ४ माता भरत रसाइली र पिता दिलकुमारी रसाइलिको कोखबाट जन्मिएका एक प्रतिभा हुन् मोड्ल, कोरियोग्राफर तथा निर्देशक प्रदिप कुमार रसाइली । स्कुल जीवनबाट नै कलाकारिता क्षेत्रमा भबिष्य देखेर कलाकारिता यात्रा सुरु गरेका दिर्देशक रसाइँली अहिलेका चर्चित एवं लोकप्रिय कोरियोग्राफर तथा निर्देशकको सूचिमा पर्दछन् ।
बिगत १९ बर्षदेखी डान्स सिकेर कोरियोग्राफर,निर्देशन र मोड्लिङ गर्दै आएका प्रदिप कुमार रसाइलीले कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकाछन् । उनले निर्देशन गरेका दर्जनौ गीत चर्चाका शिखरमा रहेका छन भने कति गीतले इतिहास समेत रचेकाछन् ।
नेपाली भाषाका गीत मात्र नभएर भोजपुरी ,मैथेली गीतमा समेत कोरियोग्राफी, निर्देशन गर्दै आएका उनले नेपाली भाषा सहित तिनसयभन्दा बढी गितमा कोरियोग्राफर निर्देशन गरेकाछन् भने दर्जनौ गीतमा आफू स्वयमले मोड्लिङ समेत गरेका छन् । उनै लोकप्रिय कलाकार तथा निर्देशक पछिल्लो समयका व्यस्थ निर्देशक, कोरियोग्राफरका रुपमा चिन्छिन् ।
उनले निर्देशन कोरियोग्राफर गरेका गीत हेर्ने हो भने कति चर्चामा छन् कति युटुबको करोड कलब्मा समेत प्रबेश गरेकाछन् । उनै लोकप्रिय कलाकार तथा निर्देशक नेपाल सहित थुप्रै देश कतार,मलेसिया, दुबै, जापन हङ्कङ लगायत थुप्रै देशका कुनाकुनामा पुगेर स्टेज सो गर्दे दर्शकलाई नचाएकाछन् ।
उनै निर्देशक भाग्यलाई भन्दा कर्मलाई बिश्वास गर्ने गर्दछन् । त्यसैले कलाकारिता क्षेत्रमा लोमो समय संघर्ष गरेर आफुलाई स्थापित समेत गराइसकेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend