जन आकाश
काठमाडौं । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम चलचित्र बिकास बोर्ड चाबहिल काठमाण्डौमा भब्यता पुर्वक सम्पन्न भएको छ ।
विशाल मुभीजको आयोजनामा राखिएको कार्यक्रमको अध्यक्षता यसै सस्थाका अध्यक्ष हुम गैरेले गरेका थिए भने कार्यक्रममा राशि रिजालले उध्घोषण गरेकी थिइन ।
प्रतिनीधी सभा सदस्य तथा नेकपा एमाले संसदीय दलकी सचेतक महिला नेत्री माननिय सुनिता बरालको प्रमुख आतिथ्यता,पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल,बरिष्ठ लोक गायक दुर्गा रायमाझी,ईन्द्र जि.सी, राजेन्द्र कुमार कार्की,नाचघरका पुर्व जि.एम लक्ष्मण रायमाझी लगायतको बिशिष्ट आतिथ्यतामा सम्पन्न फाईनल कार्यक्रममा तिज गीतसंग सम्बन्धीत २२ बिधाका करिब ३२ जना कलाकारहरुलाई अवार्ड बितरण गरीयको थियो ।
यसैक्रममा लोक गायक तथा सर्जक मोतिराज खनालले उत्कृष्ट एकल तिज गीत गायकको अवार्ड बिजेता बनेर २०८० सालमा रेकर्ड कायम गरेका छन ।
खनालले दुइदशक देखि गीत संगितमा आफ्नो समय समर्पित गर्दै आएका छन । खनालका दर्जनौं गीत बजारमा आइसकेका छन । खनालका गीतमा मौलिकता भेटिन्छ भने संस्कृती पनि झल्किएको हुन्छ । संघर्षको इतिहास बोकेका खनालले यसपाली पनि नक्कले साईली नामक तिजगीत सार्वजनिक गरेका थिए ।
उक्क्त गीतले राम्रो बजार पाएको थियो । यही नक्कले साईली तिज गीतले खनाललाई अवार्ड पनि दिलाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend