जन आकाश
काठमाडौं । गायक एवं अभिनेता प्रकाश सपुतको फिल्म “वसन्त” को शुभमुहूर्त गरिएको छ।
सपुतको गृहजिल्ला बागलुङमा शुभसाइत पूजा गरिएसँगै फिल्मको छायांकन पनि सुरू भएको छ। बिहान शान्ति पदयात्रा सहित त्यहाँको कालिका भगवती मन्दिरमा शुभसाइत पूजा गरिएको थियो। जहाँ प्रकाश सपुतसहित अभिनेत्री स्वस्तिमा खड्का, फिल्मका अन्य कलाकार र प्राविधिकहरू सहभागी रहे।
फिल्मको छायांकन झन्डै एक महिना चल्ने जनाइएको छ। गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, खड्कबहादुर पुन (खबपु), शिभान्सी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय रहनेछ।
प्रकाशको डेब्यु निर्देशनमा तयार हुन लागेको फिल्ममा कथा र संगीत पनि उनकै रहनेछ। कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको रहनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend